About Us

गणतान्त्रिक नेपालको पश्चिमाञ्चल क्षेत्रमा अवस्थित विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म स्थल लुम्बिनी अञ्चलमा दुई वटा ठूला राजमार्गहरुको संगम स्थल, पश्चिम नेपालको व्यापारिक केन्द्र एवंम् पर्यटकीय इतिहास बोकेको र संचार क्षेत्रमा मोेफसलको राजधानी मानिने रमणीय बुटवल नगरमा अवस्थित यस रेडियो रिपब्लिक ८८.२ मेगाहर्ज अबध प्रकाशन प्रा.लि. बाट सञ्चालित संस्था हो ।

संचार क्षेत्रमा भएको क्रान्तिलाई आत्मसाथ गर्दै नयाँ प्राविधिक आधुनिकीकरणको माध्यमबाट वर्तमानमा संचालन गर्दै सम्मुनत भविष्य निर्माण गर्ने उद्देश्यले यस क्षेत्रका जनताको सहयोगमा सामन्ती, निंरकुस, सामाजिक विभेद, विकृति, विसङ्गतिका विरुद्ध दिगो शान्ति, समृद्धि र विकासका लागि आफुलाई क्रियाशिल बनाउदै सत्य, तथ्य र ताजा समाचार, स्पष्ट विचार, कला, साहित्य र मनोरञ्जन र संगै राष्ट्रिय स्वाधिनताका पक्षमा पूर्ण प्रतिवद्धता आत्मनिर्भर अर्थतन्त्रको अनुरुप जनताको नयाँ नेपाल निर्माण गर्ने आकांक्षा पूरा गर्न संचार क्षेत्रबाट खेल्न सकिने भूमिका निर्वाह गर्न प्रतिवद्ध छौं । राष्ट्रिय स्वाधिन अर्थतन्त्रको निर्माण, कृषि बाट सुचनामुलक कार्यक्रम सँगै जाति, वर्ग, क्षेत्र,लिङ्गका समस्यालाई वहसको रुपमा उठाउने माध्यमको साथै सुचनाको पहुच हरेक व्याक्तीमा पु¥याउने उद्धेश्यले संचालित रेडियो रिपब्लिक सबैको प्यारो बन्न सक्ने छ ।

यस एफ.एम. प्रसारणको क्षेत्रको सम्बन्धमा लुम्बिनी अञ्चलका सबै जिल्ला (रुपन्देही,नवलपरासि,पाल्पा,अर्धाखाँची,गुल्मी) का साथै नारायणी, राप्ति, धवलागिरी र गण्डकी अञ्चलका केहि क्षेत्र र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र विहार राज्य समेतकाजनता सु–सुचित हुने क्षमता तथा अबसर यस एफएमले प्रदान गरेको छ ।

क) स्टेशन रहेको स्थान

अबध प्रकाशन प्रा.लि.द्वारा संचालित रेडियो रिपब्लिक ८८.२ मेगाहर्जको स्टेशन रुपन्देही जिल्लाको बुटवल नगरपालिका वार्ड नं. १२ कालिकानगरमा अवस्थित छ । सिद्धार्थ राजमार्गको छेउमा र महेन्द्र राजमार्गको चौराह देखि लगभग १५०० मिटर दक्षिण तर्फ र योगिकुटी चोक देखि ५०० मिटर उत्तर अत्याधुनिक गुणस्तरीय उपकरण जडान गरि स्टेशन निर्माण गरिएको छ ।

ख) रेडियो रिपब्लिकका कार्यक्रम

(१) “हाम्रो शहर सुचना र मनोरंजनको रहर” नारा लाई माध्यम बनाएर संचालन गरिने छ ।
(२) सत्य, तथ्य स्पष्ट निष्पक्ष र ताजा समाचारको प्रत्यक्ष प्रसारण हुने हुँदा सूचना र सन्देशको क्षेत्रमा विश्वासिलो संचार माध्यमका लागि ।
(३) राष्ट्रिय स्वाधिनता र समुन्नत राष्ट्र निर्माण गर्न जन समुदायलाई सु–सुचित गर्नका लागि ।
(४) कला, साहित्य, लोकभाका, जनसांस्कृतिको विकासमा टेवा पु¥याउर्दै स्वस्थ
मनोरञ्जन प्रदान गर्नको लागि ।
(५) सामाचार मूलक कार्यक्रम अन्र्तगत रिपब्लिक समाचार, नेपाल डायरी,नेपाल समाचार,राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार प्रसारण गर्दै स्थानिय बौद्धिक साहित्यक शैक्षिक,खेलकुद,आर्थिक गतिविधि जानकारीकोे माध्यमबाट श्रोता बर्गलाइ सु–सुचित गर्नका लागि ।
(६) व्यवसायी, उद्योग प्रतिष्ठान, संघसंस्था र विज्ञापनदाताहरुको आवश्यक बजार
बिस्तार गर्न का लागि ।
(७) समृद्ध सञ्चार सन्यत्र निर्माण गर्नका लागि ।
(८) विज्ञापनदाता को समय सान्र्दभिक विज्ञापन निर्माण गर्ने र प्रभावकारि ढङ्गले प्रसारण गर्नको लागि ।
(९) सामाजिक संस्कृति, जातजाति,भाषा भाषि दलित जनजाति महिला तथा बालबालिका साथै मान अधिकार, वातावरण ,जनस्वास्थ्य ,कृषि, उद्योग ,शिक्षा आदि जस्ता कार्यक्रम संचालनबाट उत्प्रेरणा जगाउनको लागि ।
(१०) सामाजिक उत्तरदायित्व निर्वाह गर्नको लागि ।

ग) प्रायोजन र साझेदारी कार्यक्रम

यस क्षेत्रका औधोगिक स्वास्थ र शिक्षा क्षेत्र सहित समाज रुपान्तरणका कार्यक्रममा प्रायोजन र साझेदारी कार्यक्रम संचालन गर्न सकिने छ । समग्र यो क्षेत्रको सुचना संचारको क्षेत्रमा विकासको लगि, स्वाधीन अर्थतन्त्रको लागि, जाति वर्ग क्षेत्र लिङ्गको लागि, र यसका साथै विभिन्न कार्यक्रममा साझेदारी र प्रायोजन गर्न सरकारि गैरसरकारि सम्पुर्ण संद्यसस्था ब्याबशायिक प्रतिस्ठानहरु ब्यक्तिहरुको लागि खुला गरिएको छ। यसले सुचनाको हकलाई स्थापित गर्ने र विकाश गर्न मद्दत मिल्ने छ ।

घ) विज्ञापन दररेट विवरण

क्र.सं. नर्मल टाईम प्राईम टाईम सुपर प्राईम टाईम जम्मा स्पोर्ट रकम
१. ४,०००।–
२. ४,५००।–
३. ५,०००।–
४. ५,५००।–
५. ११ ६,०००।–
३ स्पोर्ट प्रति दिन नर्मल टाईम प्राईम टाईम सुपर प्राईम टाईम
१ महिना १,५००।– ३,०००।– ४,०००।–
६ महिना ८,५००।– १६,०००।– २२,०००।–
वार्षिक १६,०००।– ३१,०००।– ४२,०००।–

कार्यक्रम प्रायोजन दर

  १५.मि. ३०.मि. ४५.मि. ६०.मि.
मासिक रु.३,०००।– रु.४,५००।– रु.५,५००।– रु.६,५००।–
३ महिना रु.८,५०० ।– रु.१३,५००।– रु.१५,५००।– रु.१८,०००।–
६ महिना रु.१६,००० ।– रु.२६,०००।– रु.३०,०००।– रु.३५,०००।–
१ बर्ष रु.३००० ।– रु.५०,०००।– रु.५७,०००।– रु.६७,०००।–

ङ) रेडियो रिपब्लिकको विवरण

स्टेसनको नाम : रेडियो रिपब्लिक ८८.२ मेगाहर्ज,
कालिकानगर १२ बुटवल, रुपन्देही
प्रसारण सुरु ट्रान्समिटर क्षमता : ५०० वाट
श्रोता संख्या : अनुमानित १५ लाख भन्दा माथि ।
प्रसारण सुन्न सकिने स्थान: यस एफ.एम. प्रसारणको क्षेत्रको सम्बन्धमा लुम्बिनी अञ्चलका सबै जिल्ला (रुपन्देही,नवलपरासि,पाल्पा,अर्धाखाँची,गुल्मी) का साथै नारायणि, राप्ति, धवलागिरी र गण्डकी अञ्चलका केहि क्षेत्र र छिमेकी राष्ट्र भारतको उत्तर प्रदेश र विहार सम्म सुन्न सकिने ।

 

© 2016 Radio Republic. All Right Reserved. Powered by Fine Creation & Hamro Patro. A Swadesh Infosys Creation [+977-056-501060].