बागेश्वरी मनहरा नगरपालिका वडा नं. ४ काठमाडौमा जन्मिएका श्रीराम पुडासैनी चलचित्र व्यवसायी हुन ।
पिता स्व. श्री गोपाल प्रसाद पुडासैनी र माता श्रीमती भवानी पुडासैनीको कोखबाट २०३१ साल असार ३ गते जन्मिएका पुडासैनी अहिलेका फिल्म तथा टेलिफिल्मका सुपर हिरोको रुपमा गनिन्छन ।
आफै कथावस्तु तयार गर्ने निर्देशन गर्ने पुडासैनी मर्म , दशगजा , भिमदत्त, द हकर जस्ता देश प्रेमी फिल्मका नायक हुन ।
पुरुष , नाता रगतको , आरम्भ , कस्लाई आफनो भनुं लगायत करिब १२०० भाग सम्म आफ्नो कला देखाएका उनको पश्चाताप , ठक्कर चिरहरण , मेरो देशको सिमा, गोरखाली मर्न डराउदैन जस्ता करिव दुई दर्जन भन्दा बढी नाटकमा आफनो प्रस्तुती दिएका छन ।
यसै शिलशिलामा अमेरिका , क्यानडा मेक्सीको हंगकंग , जापान मलेसिया लगायत दर्जन भन्दा बढी देशमा घुमिसकेका पुडासैनीलाई फरक प्रश्न सोधिएको थियो ।
१. राम्रो कथावस्तु तयार गरि अरुको कथालाई ओझेलमा पार्नु हुन्छ रे ?
हहाहा कहां हुनु म विचरोले कसरी अरुको कथालाई ओझेलमा पार्नु म त भर्खरै सिक्दै गरेको सिकारु मेरा अग्रज गुरुहरु राम्रो कथावस्तु ल्याई अगाडी हुनुहुन्छ म मेरा अग्रजहरु संग सिक्ने प्रयासमा छु ।
२. समय अनुकुल विभिन्न भुमिकामा दर्शक श्रोताका माझ आउनुहुन्छ आफै नेता , आफै अभिनेता , आफै लेखन , आफै निर्देशक बनि अरुको रोजी रोटी खोस्नु भाछ रे ?
त्यस्तो त होईन हजुर नेपालको परिवेशमा वर्षको १०० देखि ११५ वटा सम्म फिल्म बन्छन मैले २,४ वर्षमा १ वटा फिल्म गर्छु यसले गर्दा रामं्रो बन्ला तर अरुको रोजीरोटी खोसिदैन ।
३. यो एक्सन कटले जिवीका राम्रै चलाउनु भाछ ?
मेरो जिवनशैली सादा र साधारण छ त्यसैले मलाई यति मात्रै गरेपनि जिवीको पार्जनमा कठिनाई हुंदैन तर पनि यसको साथसाथै मैले आफनो अरु व्यवसाय पनि चलाएको छु ।
4 तपाई त एकदम कंजुश हुनुहुन्छ रे छायांकन स्थलमापनि एक गिलाश पानी खुवाउनुहुन्न रे ?
होईन हो म त त्यस्तो कन्जुश छु र ?आफुलाई त त्यस्तो लाग्दिन यदि कसैको नजरमा कंजुश देखिएको छु भने सायद….
5 नाम चाहिं श्रीराम काम चाहिं श्रीकृष्णको जस्तो छ नि बाहिर त निकै गोपिनी छन भन्ने हल्ला छ त ?
हैट, न त म त्रेता युगको श्रीराम हुं न त म द्धापरयुगको श्री कृष्ण नै हुं , सवाल रह्यो गोपिनीको । जिवनमा एउटा (ककमणी ) गोपिनी र एउटा (श्रीजल ) युधिष्टीर घरमा छन त्यो बाहेक कसैले देख्नुभाछ भने भ्रममा हुनुहुन्छ हा .हा. हा.
प्रस्तुती ः उषा किरण पन्थ
यो बार्ता फरक साप्ताहिकमा प्रकाशन भएको छ ।