शारदा मरासिनी (सरु)
असोज २,बुटवल ।
सुरिलो स्वरकी धनी ,सानालाई मायां ठुलालाई सम्मान गर्ने राम्रो बानी भएकी चर्चित लोकदोहोरी गायिकाको नाम हो शिलु भट्टराई ।।
एकपछि अर्को गित बजारमा र एकपछि अर्को सफलता हात पार्दै नेपाली गितसंगितमा अगाडी बढिरहेकी लोक प्रिय गायिका शिलु भट्टराईले नेपालीहरुको महानपर्व बडादसैंको अवसर पारि दशैंगित सार्वजनिक गरेकी छन ।
जय गित जय संगितको नारा बोकेर अगाडी बढिरहेको विन्धवासीनी म्युजिकले गित बजारमा लिएर आएको हो ।
चर्चित गायक कुलेन्द्र विश्वकर्मा र शिलुभट्टराईको स्वर रहेको छ भने गितलाई लोकप्रिय सर्जक शिवहमालले लय शब्द गरेका छन ।
सुन्दैमा रमाईलो पाराको दसैं गितमा गुरधौली फुलेको मारसीधान झुलेसंगै वर्षको दिनको दसैंले सवैको घरमा खुशीयाली छाएको कुरालाई जोड दिएको छ ।
गितसंगै गितको म्युजिक भिडीयो पनि आकर्षक बनाउने प्रयास गरिएको छ ।
बुटवलमै रहेर धेरै भन्दा धेरै सफल म्युजिक भिडीयो बनाएका निर्देशक विष्णु भट्टराईको निर्देशन सम्पादन र छायांकनमा भिडीयो निर्माण गरिएको छ ।
सुमन पौडेलको नृत्य निर्देशन रहेको भिडीयोमा सुमन पौडेल र गिता केसी नाचेका छन ।
यसरी नै गायिका शिलु भट्टराईको सांगितीक यात्रा अगाडी बढदै जाओस रेडियो रिपब्लिक परिवारको तर्फबाट शुभकामना ।।