पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा आज बिहान २ बजे पहिरो झरेपछि अवरुद्ध भएकको सडक १४ घण्टापछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
सडक अवरुद्ध हुँदा सयौँ यात्रु र सवारी साधन अलपत्र परेका थिए । सडक सञ्चालन भएपछि यात्रु आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् ।
अहिले सो सडक खण्डमा सवारी साधनको चाप बढ्दो छ । गएरातिदेखि अविरल वर्षाका कारण सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएकोे थियो । ठूलो प्रयासपछि सडक सञ्चालनमा ल्याउन सकिएको प्रहरीले जनाएको छ ।