बिशाल गिरि, बुटवल,
नेपाल को राष्ट्रिय खेल को रुप मा समेत घोषणा भएको भलिबल खेल गुल्मी को रुरु गाउँ पालिका ६ रिमुवा , साबिकको रिमुवा ३ गराङ्टुङ मा सम्पन्न भएको छ ।
गराङ्टुङ युवा क्लब रिमुवाले आयोजना गरेको उक्त भलिबल प्रतियोगिताको उपाधी स्याङ्जा घुरडाडाको फ्रेस युवा क्लब ले हात पारेको छ भने दोस्रो साबिक को लिम्घा गाबिसको लाङ्घाली लाफा एक्सिङ र तेस्रो जुगुम को जुगुम युवा क्लबले हात पार्न सफल भएका छन । कुल 1८ टिम को सहभागीता रहेको खेलको बिजेताले नगद २५ हजार मेडल तथा प्रमाणपत्र दोश्रो ले १५ हजार नगद मेडल र प्रमाणपत्र साथै तेस्रो हुने ले नगद १० हजार सहित मेडल र प्रमाणपत्र हात पार्न सफल भएका छन । भलिबल खेलको समापन कार्यक्रम मा राष्ट्रिय तथा स्थानीय कलाकार द्वारा सास्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रम मा राष्ट्रिय स्तरका कलाकार संगीत मगर, गुल्मी लोक तारा बिष्णु सिङजाली मगर तथा स्थानीय कलाकार बिस्नु काला मगर को समेत बेजोड प्रश्तुति रहेको कार्यक्रमका सम्योजक खुम बहादुर दर्लामी ले जानकारी दिनु भएको छ ।