बिहिबार, कार्तिक १६, २०७४
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता शुरु भएको छ । दोस्रो चरणमा तराई र पहाडका ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुदैछ ।
दोस्रो चरणमा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुनेछ । प्रतिनिधिसभाको कुल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता भएको थियो ।
पहिलो चरणमा उच्च हिमाली तथा पहाडी जिल्लामा निर्वाचन हुनेछ । सदरमुकाममा खोलिएको मुख्य निर्वाचन अधिकृत तथा क्षेत्रअनुसारको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
उम्मेदवारी दर्तासँगै उम्मेदवारहरूले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ । रुपन्देही जिल्लामा कुल ५ लाख २२ हजार ६ सय २ जना मतदाता रहेका छन् भने २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ ।
रुपन्देहीमा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र छन् ।
रुपन्देहीको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार
प्रतिनिधि सभा १ अब्दुल रञ्जाक
प्रदेशसभा १ क ताहिर अलि
प्रदेशसभा १ ख हरि न्यौपाने
प्रतिनिधि सभा २ युवराज गिरि
प्रदेशसभा २ क काजिमान श्रेष्ठ
प्रदेशसभा २ ख महेशमान सिंह
प्रतिनिधि सभा ३ दिपक बोहोरा
प्रदेशसभा ३ क देबि चौधरी
प्रदेशसभा ३ ख रामचन्द्र ढकाल
प्रतिनिधि सभा ४ प्रमोद यादब
प्रदेशसभा ४ क अष्ठभुजा पाठक
प्रदेशसभा ४ ख बसिउद्धिन खान
प्रतिनिधि सभा ५ भरत शाह
प्रदेशसभा ५ क बिष्णु पोखरेल
प्रदेशसभा ५ ख फकरुदिन खां
रुपन्देहीको वाम गठबन्धनका उम्मेदवार
प्रतिनिधि सभा १ छबिलाल बिश्वकर्मा
प्रदेश सभा (१क) डा. कृष्ण न्यौपाने (१ख) दधिराम न्यौपाने
प्रतिनिधि सभा २ बिष्णु पौडेल
प्रदेश सभा (२क) लिला गिरी (२ख)भोजप्रसाद श्रेष्ठ
प्रतिनिधि सभा ३ घनश्याम भुसाल
प्रदेश सभा (३क) विश्वास बराल (३ख) तुलसीप्रसाद चौधरी
प्रतिनिधि सभा ४ ओम प्रकाश यादव (गुल्जारी)
प्रदेश सभसभा(४क)पल्लवी शुक्ला (४ख) सहबुद्धिन देवान
प्रतिनिधि सभा ५ डिलाराम आचार्य
प्रदेश सभा (५क) भुमिश्वर ढकाल
रोचक प्रतिस्प्रर्धा
छविलाल विश्वकर्मा र अब्दुल रज्जाक
विष्णु पौडेल र युवराज गिरी
घनश्याम भुसाल र दिपक बोहोरा
ओमप्रकाश यादव गुल्जारी र प्रमोद यादव
डिलाराम आचार्य र भरत कुमार शाह