शारदा मरासिनी सरु
बुटवल ,मंसिर १२ .
जुनदिन छाडी हिडयौ नी सानु
छैनन मेरा परेली ओभानु
गयो दैव आशु नै रेखेर
छाडी हिडयौ रुवाउदै रुवाउदै
नजाउ भन्दै मुलबाटो छेकेर ।।
माथि उल्लेखित शब्द गायीका ईन्दिरा गैरेले गाएको भाग्य यस्तै रुनु छ लेखेको गितमा समावेश गरिएका शब्दावली हुन ।
छोटो समयमा एक पछि अर्को गित बजारमा ल्याई चर्चा बटुल्न सफल नाम हो ईन्दिरा गैरे ।
अर्घाखाची जिल्लाको ठाडामा जन्मिएर बुटवललाई आफनो कर्मथलो बनाउदै हिडेकी गैरेका पछिल्लो समयमा एकपछि अर्को गित बजारमा देख्न तथा सुन्न सकिन्छ ।
कोईलीको जस्तो मिठो स्वरकी धनी ईन्दिराले आफुले गाएका गितमा आफै अभिनय गर्ने गरेकी छिन ।
सप्तक डिजीटलको प्रस्तुतीमा पहिलो तिज गित मायाले खान दिन्न बरिलै गितबाट नेपाली लोक गितसंगितको क्षेत्रमा पाईला चालेकी गैरेको पछिल्लो समयको गितभाग्य यस्तै रुनु छ लेखेको गित बजारमा आएको छ ।
यो गितले पनि छोटो समयमा श्रोता दर्शकको राम्रो प्रतिकृया पाएको उनले बताईन ।
यो गितमा डबल बयक क्षेत्री र ईन्दिरा गैरेको स्वर रहेको छ भने गितलाई रोसन भटटराईले लेखेका हुन भने लय गायक क्ष्ँेत्रीकै रहेको छ ।
दिक्ष्ाँन्त मुभिज क्रियशनले बजारमा लिएर आएको गितको म्युजिक भिडीयो पनि उत्कृष्ट बनाउने कोषिस गरिएको छ ।
बाध्यता अनि विवशता संगै आफनो मान्छेबाट छुटिएर विदेशिनु पर्दाका पिडा भिडीयोमा देखाउन खोजिएको छ ।
खुमबहादुर सुनारको निर्देशनमा तयार पारिएको भिडीयोमा चर्चित मोडल विमल अधिकारी र ईन्दिरा गैरेको अभिनय रहेको छ भने सम्पादन अरुण कुमार सुनार, छायांकन अरुण कुमार सुनार र प्रम के थारुको रहेको छ ।
यो गितले गायिका गैरेको सांगितीक उचाई अझै उच्च बनाउन सकोस हाम्रो तर्फबाट शुभकामना ।।