शारदा मरासिनी सरु
बुटवल, मंसिर १३ .
स्याङ्जा जिल्ला आफैमा राम्रा राम्रा कलाकार उत्पादन गर्ने जिल्ला भनेर पनि चिनिन्छ त्यहि स्याङ्जामा जन्मिएका गायक मध्येका अब्बल गायक हुन रोसन गैरे ।
स्यांजा गल्याङ नगरपालिका वाडा नं ९ बेलचौरमा बाबा विश्वनाथ गैरे आमा दुर्गा गैरेको कोखबाट जन्मिएका गायक रोसन गैरे पछिल्लो समयका चर्चित गायकको लिष्टमा पर्ने नाम हो ।
गायक रोसन सानैदेखि सांगितीक क्ष्ँेत्रमा रुचिराख्थे ।
सवैको चाहना आफनो रुचि अनुसारको काम गर्न पाउने आफनो रुचि नेपाली गितसंगितमा जम्ने उनको चाहनासंगै २०७० सालमा छोडेर गयो नभने गितसंगै नेपाली लोक गितसंगितमा प्रवेश गरे ।
एक पछि अर्को गित बजारमा ल्याएर आफनो छुटटै स्थान बनाउन सफल गायक रोसनका रैछौ अर्कै पाराकी रोईला गित ९ लाख , धन्नै बाघले खाएन रोईला गित १५ लाख बढि दर्शकले हेरेका छन ।
उनका चर्चित गितहरुमध्ये तिम्रो विहे भएछ , तिम्रो बुढो विदेश उसलाई तिरीमिरी छ मलाई भने फिरी छ यो गित पनि उनको चर्चित गित मानिन्छ ।
नेपालमा सवै चर्चित गायिका संग गित गाईसकेका उनले अहिले सम्म ३० भन्दा बढी गित गाईसकेका छन भने अरुका गितमा शब्द , लय भरेका छन ।
रोईला गितलाई अलि फरक पाराले ठटयाउली पारामा ढाल्ने खुबी भएका रोसनले पछिल्लो समयमा आसा केसीसंगको सहकार्यमा मर्ने भैयो जाडाले रोईला गितले पनि श्रोता र दर्शकको माया पाईरहेको छ ।
छोटो समयमा धेरै भन्दा धेरै श्रोता दर्शकको मायां पाउन सफल रोसन गैरेको सांगितीक यात्रा अझ उच्च बन्दै जाओस हाम्रो तर्फबाट शुभकामना ।।