प्राय मानिसहरु जाडो याम सुरु भए देखि नै कहिले नखाने खानाहरु पनि खान थाल्छन् । यी मध्य केही चीजहरु हाम्रो स्वास्थ्यको लागि निकै फाइदा जनक हुन्छन् । जस्तै जाडोमा तातो तातो चियाको चुस्किी लिनुको आफ्नो छुट्टै मज्जा हुन्छ । त्यस्तै गरेर प्राय मानिसहरुलाई जाडोमा घाम ताप्दै सुन्तला र बदाम खान निकै मन पर्दछ । तर दैनिक भिजाएको बदामको केही दाना खानाले तपाईंले धेरै स्वास्थ्य सम्बन्धीत समस्याबाट छुट्कारा पाउनुहुनेछ । यसलाई भिजाएर खाँदा यसमा भएको न्यूट्रिएंट्स र आइरनले रगतको संचार ठिक गरेर मुटु रोग लगायतका विभिन्न रोगहरुबाट बचाउँछ । यो खानुको थुप्रै फाइदाहरु छन् जसको ज्ञान हुनु धेरै नै आवश्क छ ।
जाडोमा बदाम खानाले तपाईंको शरीरलाई शक्ति मिल्छ । आउनुहोस जानौं बदामबाट हुने फाइदाहरु के के छन् त !
भिजाएको बदाम दैनिक खानाले तपार्इंको बीपीको समस्या सधैंको लागि समाप्त नै हुन्छ । साथै यसको सेवनले मुटु रोगको समस्या पनि हुँदैन ।
यसमा भएको क्याल्शियम, भिटामिन ए र प्रोटीनले मसल्स टोन्ड गर्नमा मद्दत गर्दछ र यो शरीरको लागि निकै फाइदाजनक हुन्छ ।
यदि तपार्इं जाडोमा दैनिक भिजाएको बदाम खानुहुन्छ भन्ने तपार्इंलाई पेट सम्बन्धी कुनै पनि समस्या हुँदैन र यसको सेवनले जाडोयाममा तपाईंको पातन प्रणाली पनि सही रहन्छ । यसको साथै यसले जाडोमा गर्मी र शक्ती पनि प्रदान गर्दछ ।
पोटासियम, कपर, क्याल्शियम, सेलेनियम लगायतका गुण भएको बदामलाई जाडोमा दैनिक भिजाएर खाने गरेमा एसिडिटीको समस्याबाट मुक्ति मिल्नेछ ।
यदि तपार्इंलाई जोर्नी र कम्बर दुख्ने समस्या छ भने जाडोमा बदाम भिजाएर खाँदा यो समस्याबाट आराम मिल्नेछ ।
भिजाएको बदाम खानाले तपाईंको स्मरणशक्ति र आँखा पनि तेजिलो हुन्छ । त्यसैले जाडोमा भिजाएको बदाम खाँदा निकै फाइदा हुन्छ ।
यदि तपार्इं जाडोमा दैनिक भिजाएर बदाम खाने गर्नुहुन्छ भने तपार्इंलाई शुगरको समस्याबाट मुक्ति मिल्दछ ।