शारदा मरासिनी सरु
बुटवल , मंसिर १६,
अर्घाखाची युुवा मंचद्धारा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलको देविनगर चौपारीमा आज भएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन गरिएको छ ।
रगतको अभावमा कोहिकसैको अकालमा ज्यान नजाओस भन्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको मंचका सचिव चेतनारायण उपाध्यायले बताउनुभयो ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा बुटवल तथा आसपासका विभिन्न व्यतिहरुले रक्तदान गरेका छन्
मंच स्थापनाको छोटो समयमा विभिन्न सामाजिक सेवामुलक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा मंचका अध्यक्ष युवराज पौडेल ,सचिव चेतनारायण उपाध्याय , कार्यक्रम संयोजक रवि पाण्डे लगायतले बोल्दै रक्तदान जिवन दान भएकाले रक्तदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।