शारदा मरासिनी (सरु)
बुटवल , १७ मंसिर ,
नेपाली गितसंगितमा दिन प्रतिदिन नयां कलाकारहरु भित्रिने क्रम जारी छ ।
यसै विचमा नेपाली सुगम संगितको एउटा आशा लाग्दो कलाकारको नाम हो नविन कौशल ।
अर्घाखाचीमा जन्मिएका नविन मिठो स्वर जादुले भरिएका गायक हुन ।
मिठो स्वरजादुले भरिएका नविनले आफनै शब्द संगित स्वर र अभिनयमा राम्रो भेटी जाने होकि भोली नामको सुगम संगित लिएर नेपाली सुगमसंगितको क्षेत्रमा ईन्ट्री मारेका छन ।
सानैदेखि गितसंगित भनेपछि हुरुक्कै हुने नविनको चाहना राम्रो गायक बन्ने रहेको छ ।
उनको यो गितमा आफनी प्रेमीका म भन्दा राम्रो भेटेर जानेहोकी भोली , उसैसंग बाचा कसम खाने हो कि भोली भन्दै कतै आफनो प्रेमिकाले छाडेर जान्छ कि भनेर डर ब्यक्त गरिएको छ ।
गित निकै नै उत्कृष्ट बनेको छ गितसंगै भिडीयो पनि उत्कृष्ट बनाउने कोसिस गरिएको छ ।
झझल्को डिजीटलले बजारमा लिएर आएको गितको भिडीयोमा नविन कौसल , स्वेता बन्जाडे र आदित्य पुनको अभिनय रहेको छ भने दिलीप रेग्मीको निर्देशन , अजय रेग्मीको छायांकन र अधिनायक एम सेरचनको सम्पादनमा भिडीयो बजारमा आएको छ ।
यो गितसंगै नविनको सांगितीक उचाई बढाउन सफल होस हाम्रो तर्फबाट शुभकामना ।