शारदा मरासिनी (सरु)
बुटवल , मंसिर १७ ।
मंसिरको महिना लगनको महिना धेरै कलाकारहरुले पञ्चेबाजामा आधारित गित धमाधम बजारमा लिएर आएका छन ।
यसैक्रमममा लोक दोहोरी क्षेत्रमा मोफसलमा रहेर पनि चर्चित गित बजारमा ल्याएर आफनो छुट्टै पहिचान बनाउन सफल गायक बसन्त लम्साल ,असिम मल्ल र चर्चित गायिका देवि घर्तिको स्वरमा विहे गर्नलाई नचाहिने डोली बजारमा आएको छ ।
अर्घादरबार फिल्मसले बजारमा लिएर आएको बसन्त लम्साल र असिम मल्लको संयुक्त पंचेबाजा कोसेली नचाहिने डोली गितमा बविन नेपालको शब्द र बसन्त लम्सालको लय श्रृजनामा गित बजारमा आएको हो ।
गितमा लभ गरेपछि विहे गर्न पनि सजिलो हुने डोली लगायतका सामान नचाहिने हुदा यस्तै चलन चल्दै आएको प्रसंग बोलेको छ ।
चर्चित निर्देशक विष्णु भट्टराईको निर्देशन , विष्णु शर्माको सम्पादन, रामचन्द्र भटटराईको छायांकनमा तयार गरिएको भिडीयोमा रेशम, संझना ,रमेश , कुलचन्द्र , अर्जुन लगायतको अभिनय रहेको छ ।
यो गितले पनि छोटो समयमा राम्रो प्रतिकृया पाईरहेको गायक बसन्तले रेडियो रिपब्लिकलाई जानकारी दिएका छन ।
गित सवैको मन मस्तिकमा बस्न सफल होस हाम्रो तर्फबाट शुभकामना ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्