बुटवल , मंसिर २३
प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भईरहेको छ ।
देशका धेरै जसो स्थानमा गठबन्धको अग्रता रहेको छ ।
यस्तै रुपन्देही क्षेत्र नम्बर २ मा पनि बामगठबन्धनले नै अग्रता लिईरहेको छ ।
बामगठबन्धनका साझा उम्मेदवार एवम एमाले उपमहासचिव विष्णु पौडेलले अग्रता कायम गरिरहेका छन ।
४२२८१ मत गन्दा एमालेका विष्णु पौडेलले २९११३ मतका साथ अग्रस्थानमा छन भने नेपाली काग्रेसका १३,८६८ मतले पछयाईरहेका छन ।
यस्तै राजमुपाका रुख बहादुर पुनले २१०९ मत प्राप्त गरेका छन ।
यस्तै प्रदेश १ तर्फ २५५४७ मत गन्दा एमाले गठबन्धन अगाडी छ ।
एमालेका लिला गिरीले १५७३० मतले अग्रता लिएका छन ।
नेपाली कांग्रेसका काजिमानले ६७५७ मत प्राप्त गरेका छन ।
प्रदेश २ तर्फ २१५४४ मत गणना हुंदा ११८८७ मतका साथ एमालेका भोज प्रसाद श्रेष्ठ अग्रस्थानमा रहेका छन ।
कांग्रेसका महेशमान सिंह ७२०० मत प्राप्त गरेका छन ।
रुपन्देही प्रदेश नम्बर ३ मा एमालेका घनश्याम भुसालले फराकिलो मतले अग्रता लिइरहेका छन ।
एमालेका घनश्याम भुसालले १५हजार ८ सय पच्चिस मत पाउदा राप्रपाका दिपक बोहोराले १३ हजार ९ सय ३९ मतले पछयाईरहेका छन ।
जिल्लाका क्षेत्र न १,२ र ३ मा बाम अगाडी छ भने ४ र ५ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिइरहेको छ ।
क्षेत्र नम्बर ५
भरत शाह कांग्रेस १७४१६ मत प्राप्त गरेका छन ।
संघिय समाजबादी फोर मोहम्मद वकील ९ हजार ५ सय मत प्राप्त गरेका छन ।
बाम गठबन्धन डिलाराम आचार्य ९ हजार ३ सय ६५ मत प्राप्त गरेका छन ।
क्षेत्र नम्बर ४ मा
प्रमोद यादब काग्रेस १९४८५ मत प्राप्त गरेका छन ।
राजपा सवेन्द्र नाथ शुक्ला १२ हजार ४१ मत प्राप्त गरेका छन ।
ओम प्रकाश यादब एमाले ३ हजार ५ सय १ मत प्राप्त गरेका छन ।