शारदा मरासिनी(सरु),
रेडियो रिपब्लिक /पुस ५, बुटवल ।
चर्चित गायक प्रमोद खरेलको नयां गित दन्तैमा सार्वजनिक भएको छ ।
सार्वजनिक ‘दन्तैमा’ बोलको गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। शंकर थापाको कम्पोजिसन रहेको गीतमा डीपी खनालको शब्द रहेको छ।
भिडियोमा गायक प्रमोद खरेल आफैँ फिचरिङ छन्।
सुनिल क्षेत्रीको निर्देशनमा तयार भएको भिडियोमा गायक खरेलसँगै प्राञ्जलि सापकोटा, सुनिल क्षेत्री र ‘नेपाली ठिटोज’ समूहको नृत्य देख्न सकिन्छ।
प्रमोद आफ्ना अघिल्ला गीत जस्तै यस गीतलाई पनि दर्शक तथा श्रोताले रुचाउनेमा आशावादी रहेको बताउँछन् ।