रेडियो रिपब्लिक । बुटवल ८ पुष ।
पछिल्लो समय लोक दोहोरी क्षेत्रमा नवगायक गायीकाहरु प्रवेश गर्नेक्रम बढदो छ ।
यहि बिचमा एक आसालाग्दा गायकको लोकदोहोरी क्षेत्रमा प्रवेश भएको छ ।
गायक हो प्रेम केसी । प्युठानमा जन्मिएर बुटवललाई कर्मथलो बनाएका प्रेमले सप्तक डिजीटल प्रालीले बजारमा लिएर आएको लोक दोहोरी गित पुर्णिमाको जुन गाए संगै उनी औपचारीक रुपमा लोक गितसंगितमा प्रवेश गरेका छन ।
सानैदेखिको उनको सपना राम्रो गायक बन्ने अब भने उनी अब पुरा हुनेमा विश्वास गरेका छन ।
पुर्णिमाको जुनमा संगित संचारकर्मि शारदा मरासिनीको संगित , संचारकर्मि रन्जु पाण्डेको शब्द श्रृजनामा बजारमा आएको हो ।
गितमा प्रेम केसी र उनी संगै चर्चित गायिका संझना भण्डारीको स्वर रहेको छ ।
गित निकै नै उत्कृष्ट बनेको छ गितसंगै भिडीयो पनि निकै नै मनमोहक बनेको छ ।
भिडीयो चर्चित निर्देशक मदन खडकाले निर्देशन गरेका हुन भने विकास ज्ञवालीको सम्पादन , टंक केसीको छायांकनमा बजारमा आएको छ ।
अहिलेका चर्चित गायक एवम मोडल सुमन परियार, चर्चित मोडल अपेक्ष्ाँ बस्याल र चन्द्र पाण्डेको अभिनय रहेको छ ।
यो गितसंगै प्रेमको सांगितीक यात्रा सहज बनाउने वातारण श्रृजना होस उनी श्रोता दर्शकको मनमा बस्न सफल होउन हाम्रो तर्फबाट शुभकामना ।।
प्रेमले गाएको गीत हेर्न र सुन्न यो लिन्क मा क्लिक गर्नुहोला