रेडियो रिपब्लिक,बुटवल
, १८ पुष ।
प्लेब्याक गायकमा स्थापित भै सकेका गायक , संगीतकार चिरन्जिबी भन्डारीले आवाज दिएको नेपाली चलचित्र दिपज्योति को अर्को धमाकेदार गित झ्याई पुल्टुङ पुल्टुङ टुङ झ्याई , सार्बजनिक भएको छ ।
उनलाई गायकीमा गायिका ससिका राईले साथ दिएकी छन ।
केहिदिन यता सोही रम्माईलो गीतको चर्चा मिडिया भरि भईरहेको छ ।
त्यसो त गायक चिरन्जिबी रोमान्टिक गीतको लागी अब्बल मानिन्छन गत बर्ष चिरन्जिबीले गाएको रेलिमाई फिल्मको चट्टै मुटु काटेर, बोलको गीतले अत्यधिक चर्चा कमाइ टप फाईपमा पर्न सफल भै प्लेब्याकमा राम्रो पक्कड बनाएका गायक , संगीतकार चिरन्जिबी ऐले फेरी दिपज्योति चलचित्रको यो गीतले चर्चा कमाएको र उनका प्रसंसक फ्यानहरूले उनको गायकी को तारिफ गर्दा गायक भन्डारी दंग छन् । त्यसोत उनि रोमान्टिक गीतमा किंग नै मानिन्छन ।
यो गीतका संगीतकार बिकाश चौधरी हुन भने, शब्द सबिना के सिको रहेको छ ।
यस दिपज्योति फिल्मका निर्देशक नारायन मैनाली रहेका छन । आज बाट अल नेपालका सिनेमा घरहरूमा भब्यताका साथ प्रदर्शन हुंदैछ ।
यस फिल्ममा सरोज खनाल ,निर शाह,रजनि केसी,खुस्बु खड्का,पुष्कर रेग्मि,जस्ता कलाकारको मुख्य अभिनय देख्न पाईन्छ ।
गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् …