नेपालकै सबैभन्दा ठुलो म्युजिक रियालिटी शो ‘नेपाल आईडल’ का टप प्रतिस्पर्धीहरु यतिबेला देश बिदेशका कार्यक्रममा भ्याई नभ्याई तरिकाले हिडिरहेका छन् । भने प्रायले गीत समेत बजारमा सार्बजनिक गरिसकेका छन् । ‘नेपाल आइडल’ का सगर आले, सुरज थापा, मेनुका पौडेल, लगायतले आफ्नो केहि गीतहरु सार्बजनिक पनि गरिसकेका छन् । यहि नामहरुमा फस्ट रनरअप निशान भट्टराईको नाम पनि थप भएको छ ।
नेपाल आइडलमा सबैभन्दा बढी रुचाईएका निशानको आवाजमा रहेको ‘आफ्नै छाँयाले’ पनि बोलको आधुनिक सुगम संगीत सार्बजनिक भएको छ । गीतमा निशानको आवाज संगै प्रदिप चापागाँई को शब्द, आनन्द राइ को संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ । निशान घिमिरेको सम्पादन रहेको गीतलाई उत्सब दाहालले खिचेका छन् भने युबराज वाईबाको निर्देशन रहेको छ । निकै राम्रो बनेको गीतमा निशानको गायकी कलाको तारिफ गर्न मन लाग्ने गरि गाएका छन् ।
गीतमा निशान स्वयंम संगै अनिल थापा र जेबिका कार्कीको अभिनय रहेको छ ।
गीत अनी भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नु होला