११ माघ, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा ट्रिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ कि ८९ बर्षिय बिष्णु कुमारी भट्टराईको ज्यान गएको हो ।
प्रहरीका अनुसार, जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको ट्रिपरले ठक्कर दिएको हो ।
जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकीनगर तनावग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिने ट्रिपर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् ।