यी भनाइहरु पढ्ने र बुझ्ने प्रयास गर्नुभयो भने, पक्कै पनि तपाईं सोंचाई र जीवनमा सकारात्मक परिवर्तन आउन सक्छ ।
१. मानिसको दिमागले जस्तो सोंच्छ र जे कुरामा विश्वास गर्छ उसले जीवनमा त्यही अनुसार प्राप्त गर्छ ।
– नेपोलियन हिल
२. जीवनको सबैभन्दा महत्वपूर्ण दिन भनेको, पहिलो, तिमी जन्मेको दिन र दोस्रो, तिमी किन जन्मिएको हौ भनेर तिमीले आफै पत्ता लगाउने दिन हो ।
– मार्क ट्वाइन
३. सबैभन्दा ठूलो बदला लिनु भनेको , आफ्नो काममा सफलता हात पार्नु हो ।
– फ्रांक सिनात्रा
४. जित्नु सबैकुरा होइन, तर जित्ने चाह राखेर अगाडी बढ्नु सबैकुरा हो ।
– विनसे लोमार्दी
५. की त तिमीले दिनहरुलाई कुदाउने हिम्मत गर, होइन भने, तिमीलाई दिनहरुले कुदाउनेछन्।
– जिम रोहन
६. बिरुवा रोप्ने उपयुक्त समय की त २० वर्ष पहिले थियो, की त आज हो ।
– चिनिया भनाइ
७. जीवन पैसा कमाउनको लागि होइन, आफ्नो प्रभाव छोड्नको लागि हो ।
– क्विन क्रुस
८. तिमी एउटा योजना बुन्नमा व्यस्त रहंदा सोंच्दै नसोचेको मोड आइपर्नु नै जीवन हो ।
– जोहन लेनन
९. अकस्मात आउने घटनाहरुको १० प्रतिशत र तिमीले ती घटनाहरुको सामना गर्ने तरिकाको ९० प्रतिशत समिश्रण नै जीवन हो ।
– चार्ल्स स्विनडोल
१०. कुनै कुराको परिक्षण अथवा प्रयास नै नगरिएको जीवन , जीवन नै होइन ।
– सुकरात