बुटवल । पाँच नम्बर प्रदेश स्तरीय अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालयको नवनिर्मित भवनको ५ करोड ५९ लाख ३७ हजार ६ सय ९३ रुपियाँ लागतमा निर्माण भएको भवनको विहिवार बुटवलमा आयोग प्रमुख आयुक्त दीप बस्नेतले उद्घाटन गरेका छन ।
बुटवलको सडक डिभिजन परिसरमा निर्मित कार्यालय र ब्यारेकको आयोग प्रमुख आयुक्त बस्नेतले उद्घघाटन गरेका हुन् ।
भवन उद्घघाटन गर्दे प्रमुख आयुक्त बस्नेतले देश प्रादेशिक संरचनामा गएपछि सबै सात प्रदेशमा सरकार गठन हुने भएकाले यस क्षेत्रमा बढी पारदर्शिता आवश्यक रहेको बताए ।
मुलुक संघिय संरचनामा गएकोले आयोगका मुलुक भरी रहेका १० वटा कार्यालयलाई पनि समायोजन गरि प्रदेशकै शैलीमा सात वटा बनाईने बताउँदै उनले आयोग आफैले धेरै क्षेत्रका कामलाई थप पारदर्शी गराउँदै लगेको र एकल प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण संभव नभएकाले सामुहिक भावनाको विकास जरुरी रहेको बताए ।
प्रमुख आयुक्त बस्नेतले अब राष्ट्रसेवक कर्मचारी तथा अख्तियार चनाखो हुनुपर्ने बेला आएको छ भन्दै स्थानिय, प्रदेश र केन्द्रिय गरि ३ तहका सरकार भएकाले आयोगले शुसासनलाई बढी ध्यान दिन जरुरी रहेको बताए ।
प्रदेश नम्बर ५ का प्रमुख सचिव शंकर पाठकले पारदर्शी शासन व्यवस्थाका लागि सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा बताए । अख्तियार दुरुपयोग अनुसंन्धान कार्यालय पोखराका प्रमुख यदु प्रसाद पन्थी र बुटवल कार्यालयका प्रमुख विमल बस्नेतले दुई वर्ष साढे नौ महिनामा भवन तयार भएको जानकारी दिए ।