बुटवल फाल्गुन १ ,
सातौँ विश्व रेडियो दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ का दिन विश्व रेडियो दिवस मनाउने गरिएको छ ।
नेपालमा विसं २००३ सालमा काठमाडौंमा रेडियो प्रशारण सुरु भए पनि २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा औपचारिक रुपमा रेडियो प्रशारण सुरु भएको हो । एफएमको प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । अहिले ६ सय भन्दा बढी रेडियो सञ्चालनमा छन् ।
विश्वमा सबैभन्दा धेरै मानिसको पहुँचमा पुग्न सफल, सरल र भरपर्दो प्रशारण माध्यम रेडियोको विकास, प्रभाव र प्रगतीलाई सम्मान गर्दै विश्व रेडियो दिवस मनाउने गरिएको हो ।
सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिएको रेडियोको पहुँच बढ्दै गए पनि रेडियोले आर्थिक तथा आन्तरिक व्यवस्थापन जस्ता समस्या भोग्नु परेको छ ।
सामुदायिक रेडियो प्रशारक संघ (अको¥याब) ले सातौ रेडियो दिवस बुटवलमा मनाउदैछ । मंगलबार परेको सातौं रेडियो दिवस संघीय संरचनामा रेडियोको भूमिकाका बारेमा केन्द्रीत गरि दिवस मनाउन लागेको हो ।
। सामुदायिक रेडियो प्रसारक संघले परिवर्तित अवसरमा रेडियोको भूमिका र दिगोपनाका बिषयमा छलफल गरि बुटवलमा मनाउन लागेको अकोर्याबका निवर्तमान अध्यक्ष मोहन चापागाईले बताए ।
विश्व रेडियो दिवसमा भावी योजना बनाउने, रेडियोहरुका विचमा शुभकामना आदानप्रदान तथा श्रोता र शुभेच्छुकहरुसँग सल्ला सुझाव लिएर दिवस मनाउने गरिएको चापागाईले बताए । दिवसमा प्रदेश, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुलाई रेडियोको दिगोपनाका बिषयमा छलफल गरिने केन्द्रीय सदस्य मिलन गाहाले बताए । विश्व रेडियो दिवस अको¥याब सहित ब्रोडकास्टिङ्गएसोशिएशन लगायतका संस्थाले विभिन्न कार्यक्रम गरि मनाउदैछन ।