चक्रपाणी डुम्रे
५,फागुन बुटवल ।
रूपन्देहीको मणिग्राममा रहेको सरस्वती पन्चायत मन्दिर वैदिकाश्रममा ५१ औं श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ चलिरहेको छ।महायज्ञको शुक्रवार एक समारोहका बिच श्री१००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराजले उद्घाटन गर्नु भएको हो।
सोही अवसरमा नव शिवमन्दिरको शिलान्यास समेत गरीएकोछ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वामी ज्ञानानन्दले महायज्ञले समजमा धर्म , सस्कृती एवं आध्यात्मिक चेतना जगाउन सहयोग पुर्याउने बताउनु भयो। फागुन ११गते सम्म संचालन हुने उक्त महायज्ञमा आचार्य बुद्धिसागर भण्डारीले संगीतमय कथा बाचन गरीरहनु भएको छ।
महायज्ञमा दैनिकको शतरूद्री ,शतचण्डीको पाठपारायण चलिरहेको र फागुन ६ गते तुलादान,१० गते लक्ष्य दीप प्रज्वलन एवं सामुहिक व्रतवन्ध आदि कार्यक्रम हुने उपबाचक पण्डित टंक प्रसाद पराजुलीले जानकारी दिनु भयो ।
महायज्ञ आश्रमको स्तर उन्नति एवं विभिन्न भौतिक संरचना निर्माण गर्ने उदेश्यले संचालन भएको यज्ञ सम्पादन मुल समितिका अध्यक्ष टिकाराम भण्डारीले जानकारी दिनु भयो।त्यस्तै रूपन्देहीकै बुटवलमा रहेको नीलकण्ठ बाबा धाम सन्तोषी माता गुरूकुलमा पनि फागुन १ गते शिवरात्रि देखि शिव पुराण धनधान्यन्चल ज्ञानमहायज्ञ चलिरहेको छ ।
महायज्ञमा आचार्य बालकृष्ण अर्यालले सङ्गीतमय कथा भनी रहनुभएको छ ।
उक्त यज्ञ फागुन ११ गते सम्म जारी रहने आश्रमकि संरक्षक माता देवमाया भट्टराईले जानकारी दिनु भयो ।
त्यस्तै रूपन्देहीकै तिलोत्तमा ११ मा रहेको कालिका मन्दिरमा समेत ४ गतेदेखि महायज्ञ चलिरहेको छ ।सो यज्ञ मन्दिर पुनर्निर्माणको उदेश्यले संचालन गरिएको प्रमुख वाचक पण्डित पुरूषोत्तम बस्यालले जानकारी दिनु भएको छ।