फाल्गुन ६, २०७४ ,बुटवल । प्रदेश ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित हुनुभएको छ । २ जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित हुनुभएको हो ।
संसद्मा उपस्थित ८५ सांसद्मध्ये थारुको पक्षमा ६६ र विपक्षमा १९ मत परेको छ । संघीय समाजवादी फोरम र राष्टिय जनमोर्चाले वाम गठबन्धनकी उम्मेदवार थारुलाई समर्थन गरे । फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन् । राष्टिय जनता पार्टीका १ जना सांसद्ले सपथ ग्रहण गरेका छैनन् ।
उपसभामुखका लागि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट कृष्णी थारु र कांग्रेसकी रिना नेपाल बिकले उम्मेदवारी दिएका थिए ।
बैठकमा सभामुखले प्रदेश प्रमुख उमाकान्त झाले एमाले माओवादी केन्द्र गठबन्धनका उमेदवार एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गरेको प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए