इस्वरी
प्रसाद बन्जाडे
:- आज धेरै पछिको समयको अन्तरालमा आएर
हेर साथी त प्रती गुनासो गर्नु पर्ने
स्थितिमा आएको छु।हुन त तलाई त्यस्
प्रती कुनै पनि आत्मग्लानी या पछुतो हुने
छैन होला तर मलाई सदा सदा बिजिरहने
पीडा को खिल बिजाउन बाध्य बनाईस।
कुनै समय यस्तो थियो कि हाम्रो
मित्रता त्यो मित्रता देखेर साथिहरु
,आफन्त र क्षितिज मुनि का पहाडहरुले या
रुखमा बसेका जोडी कोहिली ले नि डाहा
गर्दथे।तर म आज आएर ती कोहिली
चरीलाई आफन्तलाई के जबाफ दिउ।
समयको अन्तरालसङै परिवर्तन हुनु
स्वभाविक हो तर त किन यसरी एक्कासि
परिवर्तन भैइस म बुझ्न् नसकेको हो कि त
बुझाउन नसकेको होस्* तलाई म
सङ २/४ मिनेट कुरा गर्ने समय समेत
प्रयाप्त छैन सधै ब्यस्त छु भन्छ्स
कहिलेकाही त यस्तो लाग्छ नि सधैं व्यस्त
छु भनेको सुन्दा कहिलेकाहिं त ऋण गरेरै
भएपनि तेरो व्यस्त समय खरीद गरि अनि
धोको पुग्नेगरी तसङ्ग रमाएर गफिएर
घन्टौं कुरा गर्ने मन छ सम्झेत त्यो
बाल्यकालका रमाइला दिनहरु स्कुल
जादा या गुच्छा खेल्दा या खाजा खादा
सङै जाने गर्थेंउ।त्यो छ्हरे खोलामा पौडि
खेल्दाको आनन्द जति खाजा छ बाडिचुडी
खाने यदि तलाई केही परेर रुदा म नि रुने
गर्दथे यदि आँसु आएन भने थुक लगाएर
भएपनि साथ दिन्थे ।कुनै सानो गल्ती भए
होला त्यो गल्तीले गर्दा सयांै
गुनहरु कालीगण्डकी मा तिलान्जली दिनु
त भएन नि त र म सामीप्यतामा नजिक
छैनौं तर मन त एउटै छ नि त त्यति सानो
कुरा किन नबुझेको हामी हामी मा यस्तो
मनमुटाव र नैरास्यता त ल्याउनु भएननी
हो आज हामी समय र परिस्थितिको
हाबाको भुमरिले गर्दा तेरा पखेटाले धेरै
टाढा देश भन्दा बाहिर हजारौं
किलोमीटर टाढा उडायो।म नि त
हिडेको केही दिन पछि मलाई नि हाम्रो
जन्मभूमिबाट उडाउन त मेरो पखेटानि
उडायो तर नजिक पुर्याएर
छोडेयो मेरो जन्मभुमि देखि १४०
किलोमीटर नजिक बुटवल जाने तयारी भो
अनि म जाने दिन आयो,असारको महिना
रात भरी बर्सिएको पानी बिहान पख
पनि थामिएन।बिहानै बलेसीमा पानीका
लहराहरु बर्सिँदै गर्दा झिसमिसे
बिहानिमा मैले घर छाडेँ ।बाटोमा छ्हरा
खोला पर्छ जुन खोलामा हामी
हिउँदमा पौडि खेल्ने गर्थेउ।बर्षाको
भेलले बढेको हुनाले खोला सम्म पछीपछी
आमा र बुबा आउनु भयो। एउटा ठुलो झोला
बोकेर अगाडी म हिडेको थिएँ, आमा मेरो
सानो हाते झोला बोकेर पछिपछी हिड्नु
भएको थियो बाटो भरी न त आमा केहि
बोल्नु भयो नत बुबा न त म नै केहि बोल्न
सकेँ । बेला- बेलामा सुँक्क सुँक्क गरे जस्तो
लाग्थ्यो, तर मलाई पछाडी फर्केर हेर्ने
हिम्मत थिएन
भिरमुनी साँगुरो बाटो थियो, हिँड्दै
गर्दा म धर्मराएँ । बुबाले च्याप्प
समाउनु भयो अनि आफै बर्बाराउनु
भयो यती सानो छ अझै हिँडन त
जान्दैन कसरी बस्ला अब हामि बिना
अनि मैले सुन्ने गरी मलाई सम्झाउनु भयो
खाना बनाएर खान कहिले अल्छी नगरेस
है मैले उहाँले सुन्ने गरी हुन्छ भनेँ ।
त्यस पछी बाटो भरी पुरै सन्नाटा
छायो। छ्हरामाथी भिरका सल्लाहरुमा
बाँदर कराउदै एउटा सल्लाबाट अर्को
सल्लोमा फुत्त फुत्त फुङाल्दै जुहारी
खेलिरहेका प्रस्ट देखिन्थियो।बर्ष ाको
भेलले छ्हरा खोला एककोहोरो
सुसाईरहेको थियो । हामी खोलाको
बगरमा आयौँ आमा बुबा यहाँबाट फर्किनु
पर्ने थियो । उहाँहरु खोला किनारको
एउटा ढुङ्ंगामा टुक्रुक्क बस्नु भो । मैले
सानो झोला दाईने साइटको कुममा बोके
ठुलो झोला पछाडी बोकेँ आकासबाट पानी
बर्सिन बन्द गरेपनी आमाको आँखाबाट
बर्सिएको पानी र बुबाको आँखामा
नैरास्यतता रोकिन सकेको थिएन ।चाँडै
जा फेरी गाडी छुट्ला अर्काको
ठाउँ हो अलि बिचार
पुराएस,बिरामी होलास ख्याल गरेस,फोन
गर्दै गर्नु,हाम्रो ईज्जत राख्ने काम गरेस
भन्नू भो बुबाले उहाँ अरु के के भन्दै हुनु
हुन्थ्यो तर मैले सुन्न सकिन खोला पार गरेँ
छ्हरा खोला माथी पुगि तल हेरेँ,उहिँ
ठाउँमा बसेर मलाई हेरिरहनु भएको रहेछ
बुबा आमाले झुत्रे पटुकिको एउटा टुप्पो
निकालेर आँसु पुछ्दै हुनुहुन्थ्यो&nb sp;
अनेक मनमा कुरा खेलाई पाईलाको दुरी
बढ्यो,बुबा आमा छेकिनु भयो बाधक भयो
त्यो कालो चटाने पहरो,केहि
नजान्ने केटो सयांै किलोमिटर
हिँडेर या सबार गरेर गन्तव्य
स्थलमा आईपुगे शायद आमाको माया,
बाबाको त्याग, दिदिबहिनी दाजुभाई र
आफन्तको आसिर्बादले मलाई जिउनको
लागी हौसला अनि जब्बर
परिस्थितीसँग जुध्नको लागी साहारा
अनि अफ्ट्याराहरुमा प्रेरणा मिलेको छ।
उहाँहरु मेरो जिन्दगीको लागी सबैभन्दा
ठूलो आदर्श गुरुहरु हुनुन्छ।तर त बाल्यकाल
को साथी आज कुनै बोलचाल छैन किन
चुम्बकको दुई धुर्ब जस्तै गर्न खोज्दै छ्स म
सम्बन्ध स्थापित गर्न नजिक
नजिक जान खोज्दछु त पर पर भाग्न खोज्दै
छ्स संसार गोलो छ् कुनै दिन म तलाई
आबस्यकता पर्न सक्छ।त तेरो लक्ष्य चाडो
पूरा गर्लास म नि मेरो लक्ष्य पूरा गर्दछु
चाहे ढिला किन नहोस् ।.i
यत्ति कुरा ख्याल गर्नु ससारमा जुन बस्तु
या ब्याक्ती जतिखेर नि आबस्यकता पर्छ।
अरु त अरु फोहोर भनी फाल्न
लागेको पानी नि काम लाग्द्छ
कुनै झुपडी या महलमा आगो लागोस त्यही
फोहोरो भनिएको पानी आगो निभाउनु
काम लाग्छ ।बिग्रेर फालेको घडिले नि
दिन दुई पटक सहि समय दिन्छ।त्यसैले कुनै
बस्तु वा ब्याक्तीलाई अपहेलित या घृणा
नगर्नु मानिसले जिबनमा थोरै प्रगति
गर्दैमा आफू आएको धरातल त भुल्नु भएन
नि।।
अन्तयमा कुनै समय अन्तरालको जिबनको
मोडमा दुबैमा आएका कमिकमजोरिलाई
मनन गरि अब हामी पहिला जस्तो साथी
हुनु पर्छ ।अब हामिले सकारात्मक
सोचलाई अङ्गाली अगाडी बढनु पर्छ भनी
पुराना दिनहरु कल्पना गरि ती रमाईला
दिनहरु आउनेछ्न फेरि हाम्रो मित्रता
माला जस्तै गासिनेछ हाम्रो सम्बन्ध सदा
सदा जिबित रहनेछ भनी ओझेल पर्न
चाहान्छु।।
(उहीँ तेरो बालकपनको साथी इस्वरी
प्रसाद बन्जाडे हाल लुम्बिनी बाणिज्य
क्याम्पस M.B.S दोस्रो बर्ष )….
One Comment
Radio Republic
tq so much hajur