बुटवल,२२ फागुन ।
पाल्पाको तिनाउ गाउँ पालिका वडा नं २ को अति दुर्गम क्षेत्र डडेगाँउमा आज निशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
शिबिरमा छाला,पेट सम्वन्धी ,हड्डी र ब्लड प्रेशरका गरी १८९ विरामीको स्वास्थ्य परिक्षण गरीएको तिनाउ गाउँ पालिकाका स्वास्थ संयोजक डाक्टर शोभाखर पोख्रेलले जानकारी दिनुभयो।उहाका अनुसार धेरैमा छालामा दाजको समस्या देखिएको थियो । उनीहरुलाई स्वास्थ र सरसफाइमा विशेष ख्याल राख्न अनुरोध गरीएको पोख्रेलले बताउनु भयो ।
तिनाउ गाउँ पालिका वडा नं २ र स्वास्थ शाखाको समन्वयमा जेस्वीट सोसाइटी पाल्पाको सहयोगमा सम्पन्न शिविरमा स्वास्थकर्मी दुर्गा प्रसाद श्रेष्ठ र देवि थापाले निशुल्क सहयोग गर्नु भएको थियो ।
शिविरको औपचारिक कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापा र वडा अध्यक्ष तथा प्रवक्ता राजेश श्रेष्ठले तिनाउ २को सबैभन्दा दुर्गम क्षेत्र नै डडेगाँउ भएकोले प्राथमिकतामा राखि स्वास्थ शिविरको आयोजना गरिएको बताउनु भयो ।