शारदा मरासिनी (सरु)
रेडियो रिपब्लिक
बुटवल ।
मोरंग जिल्ला ईन्द्रपुर गाविस हाल कोसी हरैचा नगरपालिकामा जन्मिएका तेजकुमार खवास गित संगितमा चिरपरिचीत नाम हो ।
दुई दाजुहरुपछि कान्छो छोराको रुपमा जन्मिएका उनी सानैदेखि नेपाली गितसंगितभनेपछि हुरुक्क हुन्थे जनतामावि हरैचाबाट एस एलसी गरेका खवासले महेन्द्र मोरंग कलेजबाट सि एल गरेका हुन ।
१९ वर्षको उमेरमा पहिलो गित निष्ठुरी मायालुलाई बोलको गित गाएर औपचारिक रुपमा नेपाली गितसंगितमा प्रवेश गरेका उनले अहिले सम्म ३० भन्दा बढी गित गाएका छन ।
उनको पहिलो एल्वम अप्सनमा ९ वटा गितहरु समावेश भएका छन भने दोश्रो एल्वम हयाप्पीमा ६ वटा गित समावेश गरेका छन ।
जसमध्ये उजाड मेरो जिन्दगी यो जिवनमा आईदियौ अहिले चर्चामा छ ।
उनले नेपाली चलचित्र अंकुशमा पनि मेलीना राईसंग गित गाएका छन जुन आउने तयारीमा रहेको छ ।
नेपाली गितसंगितमै निरन्तर लागिरहेका खवासलाई अझै सफलता मिल्दै जाओस रेडियो रिपब्लिकको तर्फबाट हार्दिक मंगलमय शुभकामना ।।
खवासले गाएको उजाड गीतको भिडियो हेर्न तल दिएको लिन्क क्लिक गर्नु होला .