बुटवल ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रबाट सञ्चालन हुने यो वर्षको अन्तिम परीक्षा आजदेखि सुरु हुदै छ । आजदेखि सुरु हुने एसईई परीक्षामा ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।रुपन्देही जिल्लाबाट १७ हजार ४ सय ५५ बिद्यार्थी एसईई परीक्षामा सहभागि हुदै छन । यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आगामी वर्षदेखि एसईई प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी सुरु गरिसकेको जनाएको छ । आगामी वर्षदेखि एसईई परीक्षा ७ वटै प्रदेशबाट सञ्चालन हुनेछ । नेपालको शैक्षिक इतिहासमा ८२ वर्षपछि प्रवेशीका परीक्षा (एसएलसी) को अन्त्य भई ०७३ देखि नाम परिवर्तन भई माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरुवात भएको थियो ।
हालसम्म केन्द्रबाट हुँदै आएको एसईई यो अन्तिम वर्ष हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अर्को वर्षदेखि एसईईको सञ्चालनदेखि सम्पूर्ण जिम्मेवारी प्रदेशस्तमा गरिने जानकारी दिनु भयो ।