चैत १५
बुटवल ।
तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रमा निर्माण हुन लागेको तिलोत्तमा भ्यु टावरको बिहीवार शिलान्यास गरीएको छ ।
१३ करोड ५८ लाख रुपैयाको लागतमा ४ बर्षमा निर्माण सम्पन्न गरीने भ्यु टावरको नेपाली काग्रेस प्रदेश नम्वर ५ संसदीय दलका नेता बलदेव शर्मा पोख्रेलले शिलान्यास गर्नु भएको हो ।
तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत लागतमा भ्यु टावर निर्माण हुने छ ।
भ्यु टावरको शिलान्यास गर्दै पोख्रेलले तिलोत्तमाको बिकासका लागि भ्यु टावर महत्वपुर्ण हुने कुरामा जोड दिदै यस्ता बिकासका काममा अठोटका साथ अघि बढन नगरपालिकाका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।
उहाले नगरपालिकालाई स्वच्छ र हराभरा बनाउन घरघरको फोहोर व्यवस्थापन देखि हरीयालीलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।
नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकालाई लगानी मैत्री नगरपालिका बनाउने आफनो योजना रहेको बताउनु भयो ।
उहाले भ्युटावरसंगै होटल, पुस्तकालय, प्रशासनिक भवन र अन्य आवश्यक संरचना बनाउने र त्यसका लागि बजेट अभाव हुन नदिने बताउनु भयो ।
कार्यक्रममा नगरउपप्रमुख जागेश्वरी चौधरी, प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा , नेकपा माओवादी केन्द्रका नेता बेल प्रसाद शर्मा, केन्द्रका अइक्ष बाबुराम अर्याल, बडाअध्यक्ष दधिराम गौतम र केन्द्रका सचिव खिमलाल पाण्डे लगायतलेृ बोल्नु भएको थियो ।
केही बर्षदेखि रुपन्देही जिल्लामा उदाउदो पर्यटकीय क्षेत्रका रुपमा स्थापित हुदै गएको बन बाटिकामा गत बर्ष सवा १ लाख पर्यटक आएका थिए भने यो बर्ष करिव २ लाख पुग्ने अनुमान गरीएको छ । केन्द्रमा चिडियाखाना, जडीबुटी अनुसन्धान केन्द्र, योग केन्द्र, बोटानिकल गार्डेन, जैविक विविधता अनुसन्धान केन्द्र, बाल उद्यान, पार्क, पिकनिक स्थल, सभास्थललगायत बनाइएको छ ।