चैत १५ ,
बुटवल ।
प्रदेश नम्वर ५ का मुख्य मन्त्रि शंकर पोख्रेलले सिमित श्रोत र साधनको अधिकतम उपयोग गरी व्यवस्थित योजनाका साथ प्रदेश सरकार अघि बढने बताउनु भएको छ ।
प्रदेश सभाको आज बसेको बैठकमा बोल्दै मुख्यमन्त्रि पोख्रेलले प्रदेशको पुर्वाधार तयार गरी अघि बढने क्रममा प्रदेश सरकारलाई सहयोग गर्न बिपक्षी दललाई पनि आग्रह गर्नुभयो ।
प्रदेश सभा सदस्यहरुले यस अघिका बैठकमा र बिहीवारको बैठकको शुन्य समयमा उठाएका जिज्ञासाको जवाफ दिनेक्रममा उहाले संघीय सरकारलाई बजेट बनाउनु अघि बैशाख पहिलो साता भित्रै प्रदेशको पनि सिलिगं पठाउन आफुले प्रधानमन्त्रि समक्ष आग्रह गरेको पनि बैठकमा जानकारी गराउनुभयो ।
मुख्यमन्त्रि पोख्रेलले योजनाबद्ध बिकास गर्नका लागि अल्पकालिन मध्यकालिन र दीर्घकालिन योजना बनाउन प्रदेश योजना आयोग र प्रदशे कानुन बनाउन प्रदेश कानुन सुझाव आयोग गठन गरेको जानकारी गराउनुभयो ।
उहाले प्रदेश अन्र्तगत रहने पदाधिकारी तथा प्रदेश सभा सदस्यहरुको मर्यादाक्रम नमिलेको सम्वन्धमा पनि प्रधानमन्त्रि मार्फत संघीय सरकारलाई जानकारी गराएको उल्लेख गर्दै छिट्टै परिमार्जन हुने आश्वासन पाएको बताउनुभयो ।
यसअघि शुन्य समयमा १९ जना प्रदेश सभा सदस्यहरुले बजेट निर्माण, बिकास निर्माण, जातिय भेदभाव सहित जनसरोकारका बिषयमा कुरा उठाउनुभएको थियो ।
आजको बैठकमा बिधायन समितिमा १९ सदस्य, सार्बजनिक लेखा समिति र सामाजिक समितिमा २०। २० सदस्य र अर्थ तथा बिकास समितिमा १९ सदस्य मनोनित गरीएको छ ।
आजकै बैठकमा स्थानिय तहका जनप्रतिनिधिहरुको सेवा सुबिधा सम्वन्धि बिधियक प्रस्तुत भएको छ ।
आर्थिक मामिला तथा कानुन मन्त्रि कुल प्रसाद केसीले बिधियक प्रस्तुत गर्नु भएको छ ।
बिधियक प्रस्तुत भएपछी केहीबेर स्थगित भएको बैठक पुन सुरु भएको छ ।बैठकमा बिधियक माथि प्रदेश सभा सदस्यहरुले दफाबार छलफलमा भाग लिइरहेका छन ।