गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा प्रत्येक दिन २४सै घन्टा डायलाइसिस सेवा सुरु भएको छ । १७ वटा मेसिन बाट दैनिक ५२ जना मृगौलाका बिरामीहरुको डायलाइसिस गर्दै आएको अस्पतालले बिरामीको चाप बडेपछी पहिलो चरणमा ८ वटा मेसिनबाट २४ घन्टा सेवा सुरु गरेको हो । अब दैनिक ७० जना बिरामीलाई डायलासिस सेवा प्रदान गर्न सकिने अस्पतालका मृगौलारोग बिशेषज्ञ डा।रजत कायस्थले जानकारी गराउनु भयो । अस्पतालले सिघ्रनै थप १५ वटा मेसिन जडान गरी सेवालाई विस्तार गर्ने योजना बनाएको छ । मृगौलाका बिरामीहरुको संख्या दैनिक बडदै गएको हुदा रोगको रोकथामका लागी प्रत्येक महिनाको अन्तिम साता लाई “Save The Kidney” नाराका साथ मनाउने र साता भरी मृगौलाको परिक्षणमा ५०५ छुट दिने अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी गराउनु भयो । मृगौलारोग विशेषज्ञ डा।रजत कायस्थले हरेक १० जनामा १ जनालाई मृगौलाको समस्या रहेको र मृगौलाले ७०५ भन्दा बडीे काम गर्न छाडीसकेपछी मात्र रोगको लक्षणहरु देखा पर्न थाल्ने भएकोले वर्षमा २ पटक वा कम्तिमा १ पटक मृगौलाको परिक्षण गराउनु अनिवार्य रहेकोे भन्नु हुन्छ ।