शारदा मरासिनी (सरु)
चैत्र २१ ,रेडियो रिपब्लिक बुटवल ।
पैसा चाहिन्छ , सुख नि चाहिन्छ ।
सवै कुरा संसारमा कहां पाईन्छ ।
आफै टाढा हुनेगर्दछन उज्यालोमा हास्नेहरु अध्यारोमा रुने गर्दछन ।
माथिका गितका हरफ चर्चित गायक रोसन गैरेको पछिल्लो समयमा बजारमा आएको एकल गितका हरफ हुन ।
सधैभरी अलि फरक किसीमका गित निकालेर श्रोता दर्शकको मन जित्न सफल गायक रोसन गैरेको लय शब्द अनि स्वरमा यो एकल गित बजारमा आएको हो ।
अन्जु पन्त संगको सहकार्यमा रोईला गित हाम्रा बालाई थर्काउ गित बजारमा लिएको एक महिना पनि नबितेको र हाम्रा बाउलाई थर्काउले पनि श्रोता दर्शकको निकै नै मायां र साथ पाईरहेको छ ।
समाजमा भईरहेका घटनाहरुलाई टपक्क टिपेर गित बनाउन रोसन सिपालु छन ।
माया नबुझने हरुले र सुख र पैसाको पछि लाग्नेहरु जब दुख पाउछन अनि रुने गर्छन भन्ने खालको सन्देश दिन खोजिएको गित निकै नै मार्मिक बनेको छ ।
गित संगै भिडीयो पनि उत्कृष्ट बनेको छ ।गितमा ईच्छाराम , दामोदर र कृतिको अभिनय रहेको यो गितलाई सागर गौतमले खिचेका हुन भने निर्देशन र सम्पादन रोसनले गरेका छन ।
गितलाई रोसिका डिजीटलले बजारमा लिएर आएको हो ।
पछिल्लो समय गाउन र लय शब्द बनाउन मात्र होइन गितको भिडीयोमा अभिनय ,निर्देशन अनि सम्पादन पनि आफै गर्दै आएका छन ।
अरु गित जस्तै यो गितले पनि श्रोता दर्शकको साथ पाउनेमा रोसन ढुक्क छन ।
यो गितले पनि रोसनलाई सफलता दिलाओस हाम्रो तर्फबाट शुभकामना ।।
रोशनको नयाँ गीत हेर्न यो लिन्कमा क्लिक गर्नु होस् .