बिहिबार, चैत्र २९, २०७४ बुटवल – ‘वारि जमुना पारि जमुना।।।’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा लोकप्रिय बनेका गायक खेमराज गुरुङको असामयिक निधन भएको छ।
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको आज९बिहीबार० साँझ अस्पतालमै निधन भएको गायक राजेशपायल रार्इले जानकारी दिएका छन्। थप उपचारका लागि परिवारले दिल्ली लाने तयारी गरे पनि चिकित्सकले स्वास्थ्य गम्भीर भएको भन्दै भेन्टिलेटरमा राखेर उपचार गरिरहेका थिए।
ुमेदान्त अस्ताल लाने तयारी सबै विफल भएको छ, खेमराज दाइ अब हामी माझ रहनु भएन,ु शोक मिश्रित आवाजमा रार्इले भने।
गुरूङकी श्रीमति हङकङबाट आइपुगेको र युकेबाट आमा र दुर्इ दिदीहरू आउन लागेको उनले जानकारी दिए। ुउहाँहरू सबै उतैबाट मेदान्त हस्पिटल दिल्ली जाने तयारी थियो,ु गायक राइले भने। स्वर्गीय गुरू्ङका दुर्इ छोराछोरी छन्।
गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पतालमा लाने तयारी भइरहेको समेत रार्इले जानकारी दिए।
वारि जमुना पारि जमुना बोलको गीतले चर्चाको शिखरमा पुर्याइएका गुरूङको ‘आलुतामाले।।।’ बोलको गीतसमेत चर्चित छ। संखुवासभामा जन्मिएका गायक गुरूङका करिब एक दर्जन गीति संग्रहहरू सार्वजनिक छन्।