चैत्र ३० ,
बुटवल।
प्रदेश नम्वर ५ को सरकारले आज बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक बर्षको बाकि अवधिका लागि बजेट पेश गर्ने भएको छ ।
प्रदेश सभाको बैठकमा पेश गर्ने बजेट हिजो बसेको मन्त्रिपरिषदको बैठकले स्विकृत गरेको छ ।
हिजो अपरान्ह मन्त्रिपरिसदको कार्यालयमा बसेको बैठकले प्रदेश नम्वर ५ प्देश सभा बिनियोजन बिधियक २०७४ प्रदेश सभामा पेश गर्ने र राजश्व तथा व्ययको अनुमानित बजेट बक्तव्य सहित प्रदेश सभामा पेश गर्न स्वीकृत गर्ने निणर्य गरेको सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार बिकास मन्त्रि बैजनाथ चौधरीले जानकार िदिनुभयो ।
सरकारले मन्त्रिपषिदबाट स्विकृत भएसंगै आर्थिक मामिला तथा योजना बिकास मन्त्रिको समेत कार्यभार सम्हाल्नु भएका मुख्यमन्त्रि शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट प्रदेश सभामा पेश गर्नु हुने छ ।
हिजोको मन्त्रि परिषदको बैठकले प्रदेश सभा सचिवालय व्यवस्थि तगर्न बनेको प्रदेश सभा सचिवालय बिधियक स्विकृत गरी प्रदेश सभा बैठकमा पेश गर्ने पनि निणर्य गरेको छ ।