२०७५ बैशाख ३ ,
बुटवल ।
आज दिउसो तिनाउ खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
सिद्धबाबा हेडबक्स नजिकै खोलामा पौडी खेल्न गएका अर्घाखाँचीको सन्धिखर्क(१ का १८ वर्षे सुशील श्रेष्ठको आज दिउसो डुवेर मृत्यु भएको हो ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका श्रेष्ठको शव प्रहरीले खोलाबाट निकालेको छ ।