२३ भदौ,। बुधबार रातिदेखि परेको अविरल वर्षपछि आएको पहिरोले घर पुरिदा लेखनाथ-४ खरानीफाँट पैतेमा चार बालबालिकाको मृत्यु भएको छ ।
राति करीब ११ बजे घर माथीबाट आएको पहिरोले गारो भत्काएर घर पुरिदा लक्ष्मी सुनारको १४ वर्षीया छोरा निशान सुनार, ९ वर्षीया छोरी रविना सुनार, ७ वर्षीया छोरी अञ्जिला सुनार र साढे २ वर्षीया नाती सलमान सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरोले लक्ष्मी सुनारकी २५ वर्षीय छोरी कविता सुनार र १० वर्षीया सजिना सुनार पनि घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । उनीहरुलाई प्रहरीले स्थानियको सहयोगमा उद्धार गरी राती नै उपचारका लागि अस्पताल ल्याएको थियो ।