२०७५ बैशाख ५ बुधबार
कुख्यात अपराधि मनोज पुन संगको मिलेमतोमा अपराधिक क्रियाकलाप र रकम असुलीमा सम्लग्न भएकाहरु मनोज पुनको मृत्यु पश्चात समातिन थालेका छन ।
मनोजको मृत्यु पश्चात बिगतका अपराधिक गतिबिधि साम्य भएको आशंका गरीरहेकाहरु प्रहरीले एक पछी अर्को गर्दै समात्न थालेपछी भागाभाग गर्न थालेका छन ।
प्रहरीले ठुला राजनीतिक दलका ठुलै नेताको आडमा राजनीति समेत गर्दै आएका कहलिएका युवा नेताहरुलाई नै पक्रिन थालेको छ ।
रुपन्देही प्रहरीले मनोज पुनसंगका बिभिन्न गतिबिधिमा सम्लग्न भएका ५ जनालाई हिजो पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्बजनिक गरेकोमा आज थप एक युवा नेतालाई पक्राउ गरेको छ ।
आज पक्राउ पर्नेमा एमालेका युवा नेता सुजु मल्ल रहेको प्रहरीले पुष्टि गरेको छ । मल्ललाई प्रहरीले आज पक्राउ गरेको बताइएको छ ।
यसअघि आज बिहान इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका रुपन्देही देवदह ४ का लेखनाथ न्यौपाने , युथ फोर्स रुपन्देहीका पुर्व नेता बुटवल ७ का उत्तम आचार्य, मोहीनि हाइजिन मदिरा उद्योगका अध्यक्ष बुटवल ४का हरी प्रसाद श्रेष्ठ, देवदह ५ का तुल्सी न्यौपाने र देवदह ६का रोशन खडकालाई प्रहरीले सार्बजनिक गरेको थियो ।
उद्योगी हरी प्रसाद श्रेष्ठले आफना पार्टनर अर्जुन श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत डिलाराम आचार्यलाई हत्या गर्न दुई लाख रुपैया दिएको र अन्य चार जना मनोज पुनको समुहमा रहेर अपराधिक क्रियाकलाप गरीरहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक श्यामलाल ज्ञवालीले बिहान पत्रकारहरुलाई जानकारी दिनुभएको थियो ।