बुटवल , ७ बैशाख ।
मनोज पुनको संगठित अपराधमा संलग्न रहेका व्यक्तिहरुलाई पहरीले पक्राउ गरि सार्वजनिक गरिरहँदा मोहिनी हाईजिन प्रोडक्टस् संग उनीहरुको नाम जोडिएको प्रति मोहिनी हाईजिन प्रोडक्सले आफनो ध्यानाकर्षण भएको जनाएको छ ।
मोहिनी हाईजिन प्रोडक्टसका संचालक अर्जुन श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा बिभिन्न सञ्चार माध्यममा अपराधिक गतिबिधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिप्रसाद श्रेष्ठको नाम मोहिनी हाईजिन प्रोडक्टस् संग जोडेर समाचार प्रकाशन प्रशारण भएको विषयले हामीलाई दुःखित तुल्याएको जनाएको छ ।
साथै विज्ञप्तिमा अर्जुन कुमार श्रेष्ठको एकलौटी लगानीमा संचालित उद्योगमा अरु कोहिपनि व्यक्ति साझेदार नभएको समेत समेत स्पष्ट पारीएको छ ।
विज्ञप्ति