रेडियो रिपब्लिक /बैशाख २२ ,बुटवल ।
विप्लव नेतृत्व नेकपाको बन्दका कारण आज विहानै देखि यस क्षेत्रको जनजीवन प्रभाबित भएको छ ।
देशभरबाट करिव डेढ सय आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा बन्दको आह्वान गरिएको नेकपाले जनाएको छ । यस क्षेत्रमा आज सार्बजनिक सवारी साधन बिहानैदेखि चलेका छैनन । केही मोटरसाइकल र सुरक्षाकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सवारी साधन मात्रै सडकमा फाट्टपुट्ट चलेका छन । सडकमा सामान्य दिनमा भन्दा केही बढी प्रहरी परिचालन गरिएको छ भने नेकपाका कार्यकर्ता भने देखिएका छैनन् ।बिहान ५ बजेदेखि सुरु भएको बन्द साझ ५ बजेपश्चात खुल्ने विप्लव नेतृत्व नेकपाका रुपन्देही इञ्चार्ज शरद वलीले जानकारी दिनुभयो ।