वि.सं. २०७५ साल वैशाख २३ गते। आइतबार। इश्वी सन् २०१८ मे ६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेपाल संवत् ११३८ । ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, १४:०७ बजेउप्रान्त सप्तमी। नक्षत्र– उत्तराषाढा, २७:०० बजेउप्रान्त श्रवण। योग– साध्य, १०:५३ बजेउप्रान्त शुभ। करण– वणिज, १४:०७ बजेदेखि भद्रा, २७:०८ बजेउप्रान्त वव। आनन्दादिमा अमृत योग। चन्द्रराशि– धनु, ७:०३ बजेउप्रान्त मकर। दिनमान ३३ घडी ११ पला।
मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । बन्द व्यापार फस्टाएर जानेछ भने आर्थिक अवस्था मजभुत हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वाभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) : पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : खानपान तथा वातावरणको ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँने ग्रहयोग रहेको छ । सरकारी काम गर्दा सचेत रहनुहोला काम बिग्रने तथा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुँनसक्छ । व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँनाले दैनिक कामहरू प्रभावित हुँनेछन् । मित्र तथा आफन्तको सल्लाह नमान्दा दुख पाइनेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ भने बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग तथा सद्भाव पाइने हुनाले समयमा नै कामहरू सम्पन्न हुनेछछन् । भौतिक सम्पत्ति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । बन्धु बान्धबहरुको सहयोग तथा समर्धन पाइने हुनाले उपलब्धिमुलक कामहरू गर्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : व्यावसायमा लगानी बढाउँदा मनग्गे लाभ हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाइकै पक्षमा नतिजा आउँदा मन खुसी हुँनेछ । पढ्न पाढनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउँन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुँनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जानेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पनि सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले सकयमा कामहरू बन्नेछन् । पढाई लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा बिलाशि बस्तुको प्रयो गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अध्ययनमा समय दिन नसस्दा अरूभन्दा पछि परिनेछ भने अरूकै लागि श्रम तथा शक्ति खर्च हुनेछ । रमाइलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथीभाइ तथा आफन्त सँग विवाद बढ्ने योग रहेको छ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यवसायमा समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । दाजुभाइ तथा बन्धु सँग घरायसी कुरामा राय बाझिनेछ ।
बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : काम देखाएरै अरूको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाइमा भनेजस्तो सुधा भएर जानेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । टाढाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रियो अगाडि बढ्नेछ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पत्ति लाभ हुनेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साँध दिँदा कामहरू समयमानै सम्पन्न हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : व्यावसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडि बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानी हुँने व्यावसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहायोग पाइने हुँदा काम गर्न सहज हुँनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : साना तिन समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाई लेखाइमा सुधार हुँने हुनाले अरू भन्दा अगाडि बढ्न सकिनेछ । दाजुभाइले तपाईँको काममा सहयोग गर्ने हुँनाले ठुला तथा उपलब्धिमुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरू प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेश सँग सम्बन्धित कामहरू रोकिन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरुका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्ययम रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : पछि सम्म फाइदा हुने व्यापार व्यावसायमा लगानी गरी आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरू तीव्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरी अग्रगामी छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेसा सँग सम्बन्धित कामहरूबाट आम्दानी बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथी सँग थप आत्मीय भाव बढ्नेछ ।
तपाईँको दिन शुभ रहोस् ।