बैशाख २३ ,बुटवल ।
बुटवलको देबिनगर स्थित नवीन औद्योगिक कदर बहादुर रीता मा वि मा बिपन्न परिवारका बिद्यार्थीको अभिभावकत्व लिनेको हाड नै चलेको छ ।
हरेक दिनजसो बिपन्न परिवारका बिद्यार्थीको अभिभावकत्व लिनेक्रम जारी रहेको बिद्यालयका प्राचार्य प्रेम बहादुर बस्नेतले जानकारी दिनुभयो ।
आज बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा देवी आचार्यले अपाङ समेत रहेका दिलिप परियारका छोरा विपिन परियारलाई कक्षा १ मा भर्ना गरी अभिभाकत्व गर्नु भएको छ ।
त्यसअवसरमा उपप्रमुख आचार्यले नवीन औद्योगिकले विपन्न वर्गका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा अंगे्रजी माध्यममा दिएर सराहनीय कार्य गरेकोमा अन्य सामुदायिक विद्यालयले पनि अनुुसरण गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो
बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख उप सचिव लोकराज पन्थीले सामुदायिक बिद्यालयहरुले बिद्यार्थीहरुलाई झिकाउ, टिकाउ, सिकाउ र बिकाउलाई आत्मसात गरी गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारण ब्यक्त गर्नु भयो ।
यसअघि बैशाख ९ गते सामाजिक बिकास मन्त्री सुदर्शन बरालले मिलन थापालाई कक्षा १ मा भर्ना गरी अभिभाकत्व गर्नु भएको थियो । त्यस्तै लायन्स क्लब अफ बुटवलले लायन सूर्य प्रसाद शिक्षाका लागि अभिभाकत्व कार्यक्रम अन्तरगत नबिनमा अध्ययनरत पाँच जना विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७४ देखि कक्षा १२ सम्म अभिभावकत्व गरेको छ ।
यसैगरी भोली प्रदेश सभा सदस्य तथा माओवादी केन्द्रका प्रमुख सचेतक दधीराम न्यौपानेले बिपन्न बगृका एक बिद्यार्थीको अभिभाकत्व गर्नुका साथै मन्टेश्वरी कक्षाको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । भोली नै विद्यालयका सल्लाहकार समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठले २ जना विद्यार्थीको अभिभाकत्व गर्नु हुने छ ।