रेडियो रिपब्लिक /२३ वैशाख, बुटवल
बुटवलमा तीनदिन चलेको रोजगार मेला २०७५ मा तीनसय बेरोजगार युवा युवतीले आबेदन भरेका छन् । रुपन्देहीका ३० वटा उद्योगले जनशक्तिको माग समेत गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रको समन्वय र अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सहयोगमा वैशाख २१ गतेदेखि शुरु भएको रोजगार मेला २०७५ आईतबार सकिएको हो ।
मेलाको समापन गर्दै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले ब्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताईन् ।
महासंघका प्रदेश नं ५ का अध्यक्ष नेत्र पाठकले दक्ष जनशक्तिको अभावका कारण उद्योगीहरु समस्यामा रहेको भन्दै मेलाले थोरै भएपनि आवश्यकतालाई पुरा गर्नेमा आशावादी रहेको बताए ।
लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख ईश्वर गौतमले रोजगारदाता र कलेजको बिच समन्वय गरेर अघि बढाउन जरुरी रहेको बताए ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, महासंघका सदस्य विष्णु कुमार श्रेष्ठले युवाहरुलाई स्वदेशमा रोक्ने गरि स्थानिय सरकारले योजनाहरु ल्याउनुपर्ने बताए ।
मेलाले उद्योगी ब्यबसायीचम र बेरोजगार रहेका युवाहरुका सहजीकरण भएकोे महासंघका अध्यक्ष कन्हैयालाल कशौधनले बताए ।