रेडियो रिपब्लिक / बुटवल , बैशाख २४ ।
प्रदेश नम्वर ५ का प्रदेश सभा सदस्य र कर्मचारीहरुका लागि छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । आज बुटवलमा आयोजित एक कार्यक्रममा दुबै लोगो र प्रदेश सभाको वेवसाइट सार्वजनिक गरिएको छ प्रदेश सभा सदस्यहरुले लगाउने लोगोमा सिस्ने हिमालदेखि लुम्विनी सम्मलाई समेटिएको छ । लोगोको सबैभन्दा माथि सिस्ने हिमाल र हिमालको माथि राष्ट्रिय झण्डा राखिएको छ ।
त्यसभन्दा तल बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीको अखण्ड ज्योती राखिएको छ यी सबैलाई दायाँ(बायाँबाट धान र जौंका बालाले घेरिएको छ । त्यसभन्दा पनि तल महिला र पुरुषको मिलाएको हात राखिएको छ । सबैभन्दा पुछारमा ‘प्रदेशसभा प्रदेश नम्बर ५’ लेखिएको छ ।
पूर्वी रुकुममा पर्ने सिस्ने हिमालले उच्च पहाडी जिल्लाको प्रतिनिधित्व गरेको छ भने लुम्बिनीले कपिलवस्तु र रुपन्देहीलाई समेटेको छ । धान र जौंका बालाले कृषिमा उर्बर तराई तथा पहाडका अन्य जिल्लालाई समेट्ने प्रयास गरेको छ । महिला र पुरुषको मिलाएको हातले लैंगिक समानतालाई झल्काएको छ ।
त्यसैगरी कर्मचारीहरुले लगाउने लोगोमा दायाँबायाँ राष्ट्रिय फूल लालीगुराँसले घेरेर बीचमा गौतमबुद्धको चित्र राखिएको छ । सबैभन्दा माथि हिमाल र हिमालको चुचुरोमा राष्ट्रिय झण्डा राखिएको छ ।
सोही कायृक्रममा प्रदेश नम्वर ५ को प्रदेश सभाको आधिकारीक वेव साइट र प्रदेशसभा सन्चालन तथा ब्यवस्थापनका लागि प्रदेशसभाबाट सर्बसम्मतीले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विवध बिषय समेटिएको पुस्तक पनि सार्बजनिक गरिएको छ ।
लोगो तथा वेवसाइटको प्रदेश सभाका सभामुख पुणृ बहादुर घर्ति र प्रदेश सभाका मन्त्रिहरुले सार्बजनिक गर्नु भएको थियो ।