शारदा मरासिनी सरु
बुटवल,१८ भदौ । संचारकर्मि उषा किरण पन्थ र शोभाखर पन्थले आफ्नो जन्मभुमिलाई समर्पित गर्दै रोईला गित बजारमा लिएर आएका छन ।
नेपाली लोकसंगितमा यतिवेला विकृति विसंगतिले गाजिएको कुरा तपाई हामी सवैलाई थाहा भएकै कुरा हो । यस्तो सम्म कि केहि लोक गितको भिडीयो घरपरिवारको साथमा बसेर हेर्न सम्म असहज महसुस हुने खालका छन् ।
यस गीतमा शहर बजारकी एउटी युवति आफ्नो मावलीघर गुल्मीमा जादा गुल्मेली युवकसंग प्रेममा परेको प्रसंग र गुल्मीका पर्यटकीय स्थललाई समेटदै गित तयार पारिएको छ । जसमा गुल्मीको पर्यटकिय स्थल रेसुंगा अर्जुनडाडा लगायतका शब्द समावेश गरिएका छन ।
भिडीयोमा गुल्मेली वृद्धबृद्धाको नाचदेखि लिएर सवैको खुल्ला नाच समेत देख्न सकिन्छ । गितमा स्वस्तिका पन्थ, सरोज गहतराज र गुरुप्रसाद अधिकारीको स्वर गुरु प्रसाद अधिकारीको लय उज्वल गिरीको शब्द रचना रहेको छ ।
संचारकर्मि उषाकिरण पन्थद्धारा निर्देशीत गितमा शोभाखर पन्थ, आकृति पाण्डे, उज्वल गिरी दानविर र गरिमाको अभिनय देख्न सकिन्छ ।