रेडियो रिपब्लिक /बैशाख २७ बुटवल ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीले बुटवल–३, ४ र ६ नम्बर वडामा रहेका व्यवसायीहरूलाई एकीकृत गरेको छ । बिहीबार भएको गोलपार्क ट्राफिकचोक क्षेत्रका होटल व्यवसायीहरूको सम्पन्न टोल भेलाले सुरज पाण्डेको संयोजकत्वमा ११ सदस्यीय नयाँ कमिटी गठन भएको छ ।
जसको सहसंयोजकमा माधव भट्टराई, सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा विष्णु पौडेल रहेका छन् । त्यस्तैगरी सदस्यहरूमा राजेश थापा, प्रेम पाण्डे, कृष्ण कुँवर, मञ्जु पन्त, सावित्रा भण्डारी, सन्तोष खड्का र द्धोरिकाप्रसाद न्यौपाने रहेका छन् ।
भेलामा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रूपन्देहीका अध्यक्ष समुन्द्र जिसीले होटलहरूको शुद्धिकरण आवश्यक भएको बताए । उनले होटलहरूमा हुने गैरकानुनी विकृत÷विसंगतिमा हटाउन सबै व्यवसायीहरू एकताबद्ध हुनुपर्ने बताए । उनले आउदो महिना यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि आफूहरूले फोटो प्रदर्शनी कार्यक्रम समेत आयोजना गरेको बताए ।
दीपक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जीवनप्रसाद श्रेष्ठ, उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवप्रसाद खनाल, सुरज पाण्डे लगायतले बोलेका थिए ।