बैशाख २८ काठमाडौं ।
नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ् अनर प्रदान गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले राजनीतिक भेटवर्ता समेत सुरु गुर्नभएको छ । उहाँ उपराष्ट्रपतिको कार्यालय बहादुरभवनमा उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेटवार्ता का लागि जाने कार्यक्रम रहेको छ ।
त्यसपछि मोदीले शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । होटेल द्वारिकाजमै प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यस्तै नेपाल र भारतका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । भारतीय प्रधानमन्त्रीले आजै नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम हुनेछ ।
आजै प्रधानमन्त्री केपी ओलीसँग संयुक्त रुपमा अरुण तेश्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा झण्डै दुई घण्टापछि काठमाडौं आइपुग्नुभएको हो ।
यस अघि उहालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो ।
शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौं महानगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्नेछ ।