रेडियो रिपब्लिक / बैशाख ३० , बुटवल ।
विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
अरुण तेस्रो भारतलाई निमार्ण गर्न दिने यस अघिको निर्णयलाई संयुक्त सिलन्यास गरिएको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला भारतीय सेना अस्वभाविक प्रवेश गरेको विरोधमा नेकपाले आजका लागि नेपाल बन्दको आह्वन गरेको नेकपाका रुपन्देही इन्चार्ज शरद ओलीले जनाकारी दिनुभयो ।
सडकमा विद्यार्थी, एम्वुलेन्स, दुध, तरकारी बोक्ने साधन,सव वाहान, कुटनीतिक नियोग, पत्रकारका साधन साना गाडीहरु बाहेक अरु चलेका छैनन
भने लामो दुरीको यात्रामा हिडेका यात्रुवर्ग गरि खाने मजदुर वर्गलाई प्रत्यक्ष असर परेको छ ।
शैक्षिक संस्था , कलकारखाना ,पसल बन्द रहेका छन । भने कक्षा ११ को परिक्षा नरोकिने ओलीले बताउनुभयो ।
बन्द विहान ५ बजे देखि साझ ५ बजे सम्म रहने नेकपाले जनाएको छ ।