दूध बालबालिकाका लागि अनिवार्य खाद्यपदार्थ हो । बालबालिकाका लागि न्युट्रेसनको आवश्यकता हुने भएकाले दूध निकै महत्वपूर्ण हुन्छ ।
कुपोषणको सिकार भएका व्यक्तिले पनि दूध खानुपर्छ । कतिपयलाई थोरै खाएर धेरै क्यालोरी चाहिने हुन सक्छ । त्यस्ता व्यक्तिका लागि पनि दूध निकै राम्रो हुन्छ । किनभने दूधमा अत्यधिक क्यालोरीको मात्रा हुन्छ ।
स्वस्थ मानिस अर्थात् हेल्दी एडल्टले भने दूध नखाँदा राम्रो हुन्छ । आफैँमा स्वस्थ व्यक्तिले दूधको प्रयोग गर्दा ओभर न्युटे«सनको समस्या हुन सक्छ । त्यो किनभने हेल्दी एडल्टका लागि स्टक क्यालोरीको अवश्यकता हुँदैन ।
त्यस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूधको प्रयोग असुरक्षित मानिन्छ । किनकि दूधबाट पाइने ५० प्रतिशत क्यालोरी स्याचुरेटेड फ्याटबाट प्राप्त हुन्छ ।
दैनिक रूपमा मानिसलाई खानाबाट करिब सात प्रतिशत क्यालोरीको लिनुपर्ने हुन्छ । यस्तो क्यालोरी अन्य खाद्यपदार्थबाट पनि प्राप्त गर्न सकिन्छ । तर, दूधबाट मात्रै तीन प्रतिशत क्यालोरी प्राप्त हुन्छ । जुन हानिकारक सावित हुन सक्छ ।
दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । किनभने दूधकै कारणले यस्तो समस्या निको नहुने र लामो समयसम्म दुःख दिने हुन सक्छ ।
स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । तर, दूधमा भने फ्याट र क्यालोरी अत्याधिक हुने भएकाले त्यस्ता मानिसले दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने यसमा गाईको दूधमा भन्दा डबल फ्याट हुन्छ । जसले नराम्रो असर गर्न सक्छ ।