रेडियो रिपब्लिक / जेठ ३ बुटवल ।
आज विश्व दूरसंचार दिवस । प्रविधिबारे सुसूचित गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ । सन् १८६५ मे १७ तारिखमा पहिलो अन्तरराष्टिय टेलिग्राफ सम्मेलनले अन्तरराष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेको सम्झनामा सन् २००५ देखि यो दिवस मनाउने गरिएको हो । समाज परिवर्तन गर्न र आर्थिक विकासका लागि इन्टरनेट र सूचनाको चेतना दिने उदेश्यले यो दिवस मनाउने गरिन्छ । विश्वमा जस्तै नेपालमा पनि इन्टरनेटको पहुँचको विकास भएको छ ।
दिवसका अवसरमा आज रुपन्देही सहित देश भर विभिन्न कार्यक्रम गरिदैछ ।
यसैबिच
आज विश्व उच्च रक्तचाप दिवस । विश्वभर स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाले विविध जनचेतनामूलक कार्यक्रमको अयोजना गरी यो दिवस मनाइदैछ ।
उच्च रक्तचापबारे सचेतना अभिबृद्धि गर्ने उद्धेश्यले हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
नेपालमा शहरी क्षेत्रमा बस्ने २० देखि २५ प्रतिशत वयष्कमा उच्च रक्तचापको समस्या भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ३ जना वयष्कमध्ये १ जनामा उच्च रक्तचापको समस्या भएको र यसबाट हरेक वर्ष ९० लाख मानिसको ज्यान जाने गरेको छ ।