जेठ ४ बुटवल ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछी बुटवल – तानसेन सडक खण्ड अवरुद्ध भएको छ । राति १२ बजे एक्कासी पहिरो गएपछी रातिदेखि नै सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय टाफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । गएराति पहिरो खसेको ठाउ पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ हेडबक्स भन्ने ठाउँमा गत आइतवार पनि पहरो खसेर २ दिन सडक अवरुद्ध भएको थियो ।
राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारी साधन ठप्प छन । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने अधिकांश सवारी साधन बाटोमै रोकिएका छन् । पहिरो खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।