जेष्ठ ४,बुटवल ।
बुटवलको फुलबारी तथा मणिमुकुन्द शेन पार्कमा प्रदेश स्तरीय फोंटो प्रदर्शनीको आयोजना गरिएको छ । भोली ५ गते र पर्सी ६ गते उक्त फोंटो प्रदर्शनी चल्ने छ ।
पांच नम्बर प्रदेशलाई फोंटोको माध्यामबाट देश विदेशमा चिनाउने गरी फोंटो प्रदर्शनीको आयोजना गरिएको हो । दुई दिनसम्म चल्ने फोटो प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले शुक्रबार प्रदर्शनी स्थलमा पत्रकार सम्मलन गरी जानकारी गराएका छन् ।
पांच नम्बर प्रदेशमा रहेका ऐतिहांसिक पुरातात्विक, धार्मिक तथा पर्यटीय स्थलहरुका फोटाहरु प्रदर्शन गरिने आयोजक संस्था मणिमुकुन्द शेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुईटेलले जानकारी गराएका छन् । पर्यटन प्रवद्र्वन गर्ने मुख्य उद्वेश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको उनले बताएका छन् ।
विभिन्न महत्पूर्ण ठाउंका ६ बाई चारका फोटाहरु र पर्यटन प्रवद्र्वनसंग सम्बन्धित संघसंस्थाहरुका पनि फोंटाहरु राखिने खेम लुईटेलले जानकारी गराएका छन् ।
दुई दिनसम्म चल्ने उक्त प्रदर्शनी अवलोकनका लागि टिकट निःशुल्क गरिएको समेत आयोजकहरुले बताएका छन् । बुद्ध वल्ड राइडर्स नेपालको आयोजनामा देशका विभिन्न स्थानमा रहेका पयटकीय स्थलहरु भ्रमणका लागि काठमाण्डौबाट हिडेको १२५ जनाको भ्रमण टोलीले फोटो प्रदर्शनीको अवलोकन गर्ने कार्यक्रम रहेको छ । पांच नम्बर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उक्त फोटो प्रदर्शनी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भुवन कार्कीको सञ्चालनमा भएको कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी र बलबहादुर आचार्य लगायतले बोलेका थिए ।
मणिमुकुनद शेन उद्यान संरक्षण समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही, पर्यटन पत्रकार संघ रुपनदेहीको आयोजना हुने फोटो प्रदर्शनीको बुटवल उपमहानगरपालिका सम्वर्धक रहेको छ ।